अनुहारको डन्डीफोर, दाग हटाउने देखि शरीरको दुखाई कम गर्नेसम्म यस्ता छन् कपूरको फाइदा

घरमा पूजा पाठ, हभन आरती हुँदा कपूरको प्रयोग गरिन्छ। यसको विशेष महत्व पूजापाठमा मात्र नभई हाम्रो स्वास्थ्यमा पनि उत्तिकै छ। एन्टीबायोटिक र एन्टीफंगल गुणहरू कारण कपूर र कपूरको तेल स्वास्थ्य र सुन्दरताको लागि निकै लाभदायिक मानिन्छ। आउनुहोस् आज यसका फाइदाबारे चर्चा गरौ।
अनुहारलाई सफा बनाउँछ
कपूरको तेल अनुहारमा लगाउनाले डन्डीफोर हट्ने गर्छ। उक्त तेल अनुहार वा शरीरको अन्य भागहरु भएका पुराना दाग-धब्बालाई समेत नष्ट गर्छ। तपाईको अनुहार कुनै जलेको वा काटेको निशान छ भने कपूरको तेलले हल्का हुँदै हराउँछ। अनुहारको अन्य समस्या पनि हटाउँछ र सफा, स्वस्थ र चमिकिलो बनाउन यस तेलले मद्दत गर्छ ।
तनाब कम गर्छ
तपाई तनाबमा हुनहुन्छ भने उक्त तेलले निधारमा वा कपालमा मसाज गर्दा आनन्द प्राप्त हुने गर्छ।
खुट्टा दुखाईबाट राहत
मनतातो पानी एक बाल्टीमा राखेर त्यसमा थोरै कपूर मिसाएर खुट्टा हालेर बस्नाले तपाईको पैताला सफा हुन्छ र फुटेको छ भने छिट्टो ठिक हुने गर्छ। खुट्टामा आउने इन्फेक्सनबाट छुट्कारा मिल्नुको साथै दुखेको छ भने राहत मिल्दछ।
कपाललाई स्वस्थ राख्छ
कपाल झर्ने, चायाँ पर्ने समस्या छ भने कपूरको तेलले मसाज गर्नु उपयुक्त हुन्छ। कपालमा तालु छ भने पनि तेलको मसाजले पुन उम्रिने हुन्छ। कपूरको तेल लगाउनाले कपाल चाँडो बढ्ने र बलियो हुन्छ। त्यसको लागि उक्त तेलमा दहि मिसाएर कपालको जरामा लगाउनुहोस्।
शरीरको दुखाई कम गर्छ
शरीरको दुखाई कम गर्न पनि कपूरको प्रयोग गरिन्छ। शरीरको जुन भागमा दुखाई हुन्छ त्यहाँ कपूरको तेल मनतातो बनाएर मसाज गर्नाले राहत मिल्छ।
कपूरको तेल घरमै बनाउन सकिने
कपूरको तेल बजारमा उपलब्ध छन्। तपाईं चाहानुहुन्छ भने आफैले घरमा पनि तयारी गर्न सक्नुहुन्छ। यो घर बनाउनको लागि नरिवलको तेलमा कपूरमा केहि टुक्रा हाल्नुहोस र कुनै हावा नछिर्ने बट्टामा राख्नुहोस। कपूरको गुणहरु मिसेर पग्लने वित्तिकै तेल तयार हुन्छ।
-एजेन्सी
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ४ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा
- ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
तपाईको प्रतिक्रिया दिनुहोस