२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यके ‘बेकरी आइटम’ ले माइग्रेन निम्त्याउँछ ?

के ‘बेकरी आइटम’ ले माइग्रेन निम्त्याउँछ ?


माइग्रेनको समस्याबाट अधिकांश मानिस पिडित भएको देखिन्छ । यस्तै अमेरिकाको सन्दर्भमा भन्ने हो भने, एकै परिवारका ४ जनासम्म माइग्रेनको कारण पिडित हुने पाइएको छ ।  सामान्यतयाः माइग्रेनका पिडितहरुमा अत्याधित मात्रामा टाउको दुख्ने समस्या हुने विभिन्न रिर्पोटले बताउँदै आएको छ । दिक्क लाग्ने, बान्ता आउने, रिंगटा लाग्ने, उज्यालो र लाइटहरुको असर पर्ने यसका अन्य प्रमुख समस्याहरु हुन् ।

माइग्रेनसम्बन्धि गरिएको विभिन्न अध्धयनले ब्यक्तिमा यस्ता समस्या देखिनु पछाडि वातावरणीय, हार्माेन, वशांणुगत गुण र खाना जस्ता थुप्रै कारणहरु रहने बताएको छ। तर, पछिल्लोपटक एक अप्रत्याशित के तथ्य सार्वजनिक भएको छ भने, यो हामीले खाने गरेको पाउरोटी (पिठोबाट बनाइने रोटी) का कारण पनि ब्यक्तिमा माइग्रेन देखा पर्दछ । गहुँ, मकै, कोदो र जौमा पाइने ‘ग्लूटोन’ र ‘प्रोटिन’का कारण यसले ब्यक्तिमा माइग्रेनको समस्या निम्त्याउँछ ।

पाउरोटीमा वा अन्य त्यस्तै पिठोको माध्यमबाट बनाइने बेकरी आइटमहरुले माइग्रेनका बिरामीहरुमा नकरात्मक असर पार्दछ । यस्तै यो सेलिक (रोग प्रतिरोधात्मक सम्बन्धि) समस्या, पाचन प्रणालीमा समस्या भएका ब्यक्ति र प्रोटिनका कारण एलर्जी देखिने ब्यक्तिहरुको निम्त पनि यो हानिकारक रहेको देखिन्छ ।

सेलिक रोग भएका ब्यक्तिहरुमा प्रतिरक्षा प्रणालीले प्रोटिनलाई आक्रमण गर्नको निम्ति ट्रान्सग्लूटामिनस (टिजी) २ गर्नको निमित्त ‘सिरम’ नामक एन्टीबडी रिलिज गर्दछ । दक्षिणी क्यार्लीफोनिया न्युरोलोजिका सहायक प्रोफेसर लरेन ग्रीनका अनुसार, यो प्रतिकृयाले स्वस्थ्य रहेका मस्तिष्कका तन्तुहरु लगायत प्रतिरक्षात्मक शक्ति र मस्तिष्कमा समेत आघात पु¥याउँछ ।

नशामा रहेको ‘टिभिपी’ले सेन्सेशनको सामना गर्दै चपाउने तथा टोक्ने कामहरुको नियन्त्रण गर्दछ । जब ती नशाहरुमा ‘ग्लूटोन’ क्रियाशिल रहन्छ तब, ‘टिभिपी’ ले पनि माइग्रेनसँग सम्बन्धित ‘क्याल्सिटनिन’ नामक जिनमा जोडिएको प्रोटिनको उत्पादन गर्दछ । यस्तै मस्तिष्कको नशामा रगत बगाउनको निम्ति ‘सिजिआरपि’ले प्रत्यक्ष भुमिका खेल्दछ । यसको प्रवाह बढ्दै जादा यसले मस्तिष्कको वरिपरि पानी र प्रोटिकको लिक गराउँछ। जसकारण शरीर सुन्निने र ब्यक्तिलाई झिँझो लाग्ने हुन्छ ।

यस विषयमा बोल्दै ग्रीनले भने, ‘सुन्निने क्रम बढ्दै जादा यसले यसले मस्तिष्कको अन्य क्षेत्रहरुमा सन्देश पठाउँने ‘ट्राइजेमिनल स्नायु’हरुलाई सक्रिय बनाउँछ । जसले थालामको पीडा उत्पन्न गराउँछ । र, यो माइग्रेनसंग सम्बन्धित हुन्छ ।’

‘ग्लूटनको प्रवाह भएको करिब १५ मिनेट पश्चात् माइग्रेन शुरु हुन्छ ।’ उनले थपे, ‘सेलिक रोगबाट संक्रमण भएका र नभएका व्यक्तिहरुले पनि ग्लूटन पाइने खानाहरुको सेवन नगर्नु उचित रहन्छ । यसले शरीरको प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाइ लगातार दुखाईको सिर्जना गर्छ ।’

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ