२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यअफ्रिकामा शल्यक्रिया गरिएका बालवालिकाको उच्च मृत्यु दर

अफ्रिकामा शल्यक्रिया गरिएका बालवालिकाको उच्च मृत्यु दर


कम र मध्यम आय भएका मुलुकहरुमा बाल शल्यचिकित्सकको आवश्यकता सँगै माग उत्तिकै बढिरहेको छ । एक अध्ययनले ती देशहरुमा यस्ता प्रक्रिया चलाउँदा त्यसले झन बालमृत्युदर बढाउने देखाएको छ । एनेस्थेसियोलोजीमा प्रकाशित एक जर्नलअनुसार मध्यम आय हुने देशहरुमा अन्य देशको तुलनामा शल्यक्रियापश्चात् १ सयदेखि २ सय गुणासम्म बढी बाल मृत्युदर रहेको देखाएको छ ।

उक्त अनुसन्धानमा हालसालै मात्र विश्वभरका २ अर्ब बालवालिकाले शल्याक्रिया र एनेस्थेसियाको पहुँचको अभावका कारण ज्यान गुमाउनु परेको उल्लेख छ । यसबारे लेखक तथा मोनरो केरेल जुनियर चिल्ड्रेन अस्पतालका बालरोग एनेस्थेसियोलोजिस्ट मार्ड न्यूटनले भने, ‘अधिकांश कम र मध्यम आय भएका देशहरुमा बाल चिकित्सक, शल्य चिकित्सक र एनेस्थेसियोलोजिस्टहरुको गम्भीर अभाव रहेको छ ।’

सर्जिकल उच्च मृत्युदरको बारेमा उनले थपे, ‘हामीले भोगेअनुसार यो प्रणालीबाट बाल सर्जिकल मृत्युदर उच्च छ । तर, हामी अहिलेसम्म यस तथ्यांकलाई नियन्त्रण गर्न सक्षम भएका छैनौं । अन्वेषकहरुले बताएअनुसार बाल शल्यक्रियापछि मृत्यु हुने सबैभन्दा बढी सम्भावना देश अफ्रिका हो । अफ्रिकी मुलुकहरुमा बाल शल्य चिकित्सा प्राथमिक उपचार केन्द्रहरुमा सम्भव हुँदैन । अन्वेषकहरुले पत्ता लगाएअनुसार प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपलब्ध यी सुविधाहरुकै कारण त्यहाँ अन्य अस्पतालहरुमा भन्दा उच्च मृत्युदर हुने गर्दछ ।

केन्याका २४ अस्पतालहरुमा गरिएको यस अनुसन्धानका निमित्त ६ हजार शल्यक्रियापछि मृत्यु भएका बालवालिकाको तथ्यांक समावेश गरिएको थियो । ती सबै बालवालिकाको मृत्यु शल्यक्रियापछि २४ देखि ४८ घण्टाको अन्तरालमा भएको थियो । जसअन्र्तगत अन्य बालबालिकाको भने शल्यक्रिया गरेकोे ७ दिनपश्चात् मृत्यु हुने जोखिम उच्च रहेको देखिन्छ । यो अध्ययन अफ्रिकामा अब आउँदो भविष्यमा यस्ता घटनाहरु नहोरिउन् भन्ने उद्देश्यका साथ गरिएको थियो ।

‘अध्ययनले अबका दिनहरुमा शल्यक्रियापछि मृत्यु हुने बालवालिकाको संख्याको दरमा आएको सुधार देखाउनमा मद्दत गर्छ,’ न्यूटनले बताए, ‘उदाहरणका लागि हामीले सुरक्षित शल्यक्रिया र बालमृत्युदरबीचको सम्बन्धबारे जानकारी हासिल गरेका छौं ।’ उनले केन्यास्थित रहेको एआइसी किजाबे अस्पतालमा यस्ता घटनाक्रममा कमी ल्याउनको एउटा संघ नै खडा गरेका छन् । जसले अफ्रिकाकाका विभिन्न छुट्टाछुट्टै ८ क्षेत्रका बाल शल्यचिकित्सक तथा एनेस्थिजिओलोजिस्टहरुलाई आवश्यक तालिम प्रदान गरेको छ । त्यमध्ये धेरैजसो उक्त तालिम पूर्ण रुपमा हासिल गर्ने क्रममा छन् भने त्यसमध्ये कतिपय भने ती क्षेत्रहरुमा शल्यचिकित्सकको रुपमा नाम समेत कमाइ सकेका छन् ।

एजेन्सीको सहयोगमा ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ