२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरस : चीनमा मृत्यु हुने संख्या १४ सयभन्दा बढी, ६४ हजार संक्रमित

कोरोना भाइरस : चीनमा मृत्यु हुने संख्या १४ सयभन्दा बढी, ६४ हजार संक्रमित


चीनमा कोरोना भाइरस अथवा ‘कोभिड-१९’ को संक्रमणले १४ सय ८३ मानिसको मृत्यु भएको छ। विहिबार थप १ सय १६ गरी उक्त भाइरसबाट मृत्युसंख्या १४ सय ८३ पुगेको हो।

चीनमा ६४ हजार ६ सय २७ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पछिल्लो तथ्याङ्कले देखाएको स्वास्थ्य आयोगले जनाएको छ। सीन्हुआ समाचार एजेन्सी अनुसार, विहिबार वुहान प्रान्तमा मात्रै ५१ हजार ९ सय ८६ मानिस संक्रमित भएको रिपोर्ट छ।

राष्ट्रीय स्वास्थ्य आयोगले अहिलेसम्म कोरोना भाइरसबाट संक्रमण हुने संख्या बताएको छैन। विहिबार मात्रै आयोगले चीनको हुवेई प्रान्तमा एक दिनमै २ सय ४२ संक्रमितको मृत्यु भएको घोषणा गरेको हो ।

एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ