२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरसको नयाँ नाम ‘कोभिड-१९’, मृत्यु हुनेको संख्या १,११० पुग्यो

कोरोना भाइरसको नयाँ नाम ‘कोभिड-१९’, मृत्यु हुनेको संख्या १,११० पुग्यो


विश्व स्वास्थ्य संगठनले मगंलबार कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिड-19’ राखिएको छ। यस विषाणुलाई पहिलोपटक डिसेम्बर २०१९ चीनमा पहिचान गरिएको थियो।

(डब्ल्यूएचओ)का प्रमुख तदेरास अदहानोम गेब्रेयसेसले कोरोना भाइरसको नाम ‘कोभिड -19’ राखिएको जिनेभामा भएको एक प्रेस मिटमा बताएका छन्। उनले नामलाई व्याख्या गर्दै भने, ”को’ को अर्थ ‘कोरोना’, ‘भी’को अर्थ भाइरस र ‘डी’को अर्थ ‘डिसीज’(रोग) हो।’

चीन लगायत विश्वको लागि ठुलो खतरा

गेब्रेयसेसले उक्त भाइरसको ९९ प्रतिशत केस चीनमा भएता पनि पुरा विश्वको लागि खतरा हुने जनाए। यसको साथै उनले सबै देशलाई कोरोना भाइरससँग सम्बन्धित गरिएको अनुसन्धानको जानकारी साझा गर्न अपिल गरे।

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै

चीनमा कोरोना भाइरसबाट थप ९७ को मृत्यु भएपछि मृत्यु हुनेको संख्या बढेर १ हजार १ सय १० पुगेको छ भने हालसम्म ४४ हजार ६ सय ५३ भन्दा बढि व्यक्ति प्रभावित छन्। चीनको राष्ट्रीय स्वास्थ्य आयोगको अनुसार, ३१ प्रान्तीय क्षेत्रमा ९७ मानिसको भाइरसबाट ज्यान जानुको साथै २ हजार १५ व्यक्ति 31मा नयाँ संक्रमण देखिएको पुष्टी गरेको छ। मृत्यु हुने ९७मा हुवेईका ९४ रहेका थिए। यसबाहेक हेनान, हुनान र चोग्किङ्गमा १/१ नागरिकले ज्यान गुमाएका छन्।

आयोगले मंगलबारमात्रै ३ हजार ३ सय ४२ नयाँ मामला आएको जनायो। हालसम्म ४ हजार ७ सय ४० व्यक्तिलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। संक्रमित मध्य ८ हजार २ सय ४ को अबस्था गम्भीर रहेको र १६ हजार ६७ नागरिकमा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ।

पछिल्लो विवरण अनुसार, मंगलबार कोरोना भाइरसको ४९ नयाँ मामला आएको छ भने ती मध्य १ को मृत्यु भएको छ। मकाउमा १० र ताइवानना १८ जनामा कोरोनाको लक्षण पाइएको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ