२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यउपचार पछि ४, ७४० कोरोना संक्रमित घर फर्किदै

उपचार पछि ४, ७४० कोरोना संक्रमित घर फर्किदै


मंगलबार चीनमा कोरोना भाइरसबाट संक्रमित ४ हजार ७ सय ४० विरामीलाई डिस्चार्जपछि  घर फर्काइएको छ । भाइरसको संक्रमण देखिएका उनीहरुलाई आवश्यक उपचार प्रदान गरी सुरक्षाको प्रत्याभुती भएपछि घर फर्काइएको हो ।

हालसम्म चीनमा मात्रै यसबाट संक्रमित हुनेको संख्या ४४ हजार ६ सय ५३ पुगेको छ । यसैगरी संक्रमणका कारण मृत्यु हुनेको संख्या भने १ हजार १ सय १३ रहेको छ ।

गत वर्षको अन्त्यबाट चीनमा देखिएको यस भाइरस हावा वहावको कारण विभिन्न राष्ट्रहरुमा पनि देखा परेको छ। यसको संक्रमण हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० जनामा भेटिएको छ ।

भाइरस संक्रमणबाट विश्व नै आतंकित भइरहेको अवस्थामा प्रत्येक राष्ट्रले संक्रमणबाट बच्नको निम्ति विभिन्न सुरक्षाका उपायहरु अपनाउदै आएको छ । यस्तै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले पनि सबै देशलाई कोरोना भाइरसको सामना गर्न तयारी अवस्थामा रहन अपिल गरेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ