२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यथाइ डाक्टरले गरे खोपको संयोजनबाट कोरोनाभाइरस संक्रमितको उपचार

थाइ डाक्टरले गरे खोपको संयोजनबाट कोरोनाभाइरस संक्रमितको उपचार


थाइल्याण्डका चिकित्सकहरूले वुहानका एक कोरोनाभाइरस पीडितको एन्टीभाइरल औषधिको संयोजनले सफलतापूर्वक उपचार गरेको जनाएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बैंककस्थित राजाविथी अस्पतालका डाक्टर क्रियांग्सक अतिपर्नवानीचले आइतबार ‘एचआईभी’ र ‘फ्लु’को खोपबाट ७१ वर्षिया चिनियाँ वृद्धाको उपचार गरेको बताएका हुन्।

‘मैले गम्भीर अवस्थाको बिरामीको उपचार गरे र नतिजा एकदमै सन्तोषजनक भयो। बिरामीको अवस्था खोप लगाएको ४८ घण्टामा भित्रै धेरै सुधार आयो। र पहिला पोजेटिभ देखिएको परिणाम अहिले नेगेटिभमा परिणत भएको छ,’ उनले भने।

यता, अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानहका नेशनल इन्स्टिच्युट एलर्जी र संक्रामक रोग संस्थानका निर्देशक डा. एन्थोनी फौसीले भने गत हप्ता सीएनएनलाई कोरोना भाइरसको उपचार गर्न अहिलेसम्म कुनै प्रभावकारी औषधी पत्ता नलागेको जानकारी गराएका थिए।

चीनको राजधानी बेइजिङका अस्पतालहरूले पनि एचआईभी र एड्सका बिरामीहरूलाई दिइने औषधी वुहानमा कोरोनाभाइरस संक्रमकको उपचारमा प्रयोग गरेको जनाएका छन्। यद्यपि ती उपचार सफल भए या भएनन् भन्ने बारे स्पष्ट विवरण आएको छैन।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ