२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यढिला सुत्ने बानीले लाग्न सक्छ यस्तो गम्भीर रोग

ढिला सुत्ने बानीले लाग्न सक्छ यस्तो गम्भीर रोग


घरमा परिवारका सदस्यहरु केहि न केहि काममा व्यस्त हुने गर्छन। महिला र पुरुष आफ्नो जीवनशैलीलाई सन्तुलन गर्न, राम्रो जीवन जिउँन र बच्चाको भविष्य सुनिश्चित बनाउने काममा लागिरहेका हुन्छन। यस्तो अवस्थमा प्राय व्यक्तिलाई केहि कारणले शरीरको कुनै अंग दुखेमा पनि किन दुख्यो भन्ने बारे सोच्न समय हुदैन। यहि सामान्य कुरा ज्यान लिने रोगको कारण पनि बन्न सक्छ। प्राय मानिसहरु व्यस्तताले गर्दा ढिला सुत्ने गर्छन जसको कारण ठुलो-ठुलो रोग लाग्ने गर्छ। अझ भनौ आधुनिक जीवनशैलीका कारण मुटु रोग, उच्च रक्तचाप र मधुमेहको समस्या प्राय व्यक्तिमा देखिन्छ।

मुटु रोग

संसारभर सबैभन्दा गम्भीर रोग मध्य एक हो मुटु रोग। हार्ट फेलको कुरा गर्ने हो भने कम उमेर भएको व्यक्तिमा बढी समस्या देखिएको छ। यस्तोमा यदी परिवारमा पहिले देखि नै कोहि मुटु रोगी भएमा स्वास्थ्यको निकै ख्याल राख्नुपर्छ। मुटु रोग लाग्दा केहि संकेत देखिन्छन जसलाई वेवास्था गर्नु हुदैन। यदी तपाईलाई सधै थकान महसुस हुन्छ, विहान उठ्न पनि असहज हुन्छ, छाति दुखिरहन्छ र थोरै मेहेनतले पनि श्वास फुल्न थाल्छ भने स्वास्थ परिक्षण गराई हाल्नुस। किनकी यस्ता संकेतले तपाईलाई समयमै रोग पहिचान गर्न चेतावानी दिने गर्छ। यी संकेत मुटु रोगको हुन पनि सक्ने हुँदा चाँडो भन्दा चाँडो स्वास्थ्य परिक्षण गराउनु पर्छ।

मधुमेहको खतरा बढी

विश्वभरका डाक्टरले विश्वका एक तिहाई मानिस यस रोगको चपेटामा परेको दावी गरेका छन्। मधुमेहसँग जोडिएको संकेत निकै साधारण हुने गर्छ त्यसकारण कयौ पटक हामी यस्ता संकेतलाई मतलब नै गर्दैनौ। यदी तपाईको परिवारमा कोहि मधुमेहको विरामी छन् भने सतर्कता अपनाउनु पर्दछ। मधुमेह लागेको खण्डमा एकदमै प्यास लाग्ने गर्छ। थकावटको कारण केहि कार्ब खान मन लाग्ने, तौलमा कमि आउनु पनि मधुमेहको संकेत हुनसक्छ जसलाई समय मै पहिचान गर्नु जरुरी हुन्छ। मधुमेह अर्थात चिनीरोग एक पटक लागेपछि जिन्दगीभर ठिक हुँदैन।

उच्‍च रक्‍त चाप

के तपाईलाई थाहाँ छ, हाई बीपीलाई साइलेन्ट किल्लर पनि भन्ने गरिन्छ। बीपीको चिन्ता जब बढ्छ तब नै देखिन्छ। तर यसको केहि यस्तो संकेत हुन्छन जसलाई वेवास्था गर्नु घातक साबित हुने गर्छ। यदि तपाइको छाती वा ठाउँकोमा दुखाई बढी हुने गर्छ, नाकबाट रगत आउँछ र धमिलो देख्न हुन्छ भने उच्च रक्त चाप भएको हुन सक्छ। यसकारण समयमै बीपीको संकेत चिनेर उपचार गरेमा राहत पाउन सकिन्छ।

– एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ