२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी ७ खानेकुरा जसले गर्छ किड्नी सफा

यी ७ खानेकुरा जसले गर्छ किड्नी सफा


शरीरका काम नलाग्ने चिज फाल्नको निम्ति किड्नीको भूमिका महत्वपूर्ण हुन्छ । उच्च रक्तचाप तथा डायबिटिजलगायतका समस्या किड्नीसँग सम्बन्धी समस्याहरु हुन् । यस्ता समस्याहरुका कारण किड्नीले आफ्नो नियमित काम गर्न सक्दैन् । बाह्य अंगलाई सफाइ गरेजस्तै शरीरका भित्री अंगलाई पनि सरसफाइको उत्तिकै खाँचो पर्छ ।

निश्चय नै यो हामीले आफ्नो दाँत तथा शरीरका बाहिरी अंग सफा गरे झैं सफा गर्न सकिदैन् । उसो भए कसरी गर्ने त किड्नीको सफाइ ? यो आम व्यक्तिका लागि जिज्ञासाको विषय हुनसक्छ ।

शरीरका बाहिरी भागमा हामीले विभिन्न वस्तुहरुले सफा गरेतापनि शरीरको भित्री भागमा भने यो कुराको लागु हुँदैन । जसकारण शरीरको भित्री भाग हामीले खानेकुराको माध्यमबाट सफा गर्नुपर्छ । यो शरीरको भित्री अंगहरुमा रोग लाग्न नदिने भरपर्दाे माध्यम पनि हो । त्यस्ता केही खानेकुरा छन्, जसको प्रयोगले किड्नीलाई स्वतः सफा गरिदिन्छ । यी हुन् किड्नीलाई स्वतः सफा गर्ने केही खानेकुराः

१. हरियो पातयुक्त सब्जी

तपाईलाई आफ्ना अभिभावकले हरियो पातयुक्त सब्जी खान यसै कर गरेका होइनन् । किनकी यसले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । हरियो सब्जीमा भिटामिन सी र भिटामिन के हुन्छ । त्यस्तै, पातयुक्त हरियो सब्जीमा फाइवरको मात्रा प्रचुर हुन्छ । जसकारण यसले रक्तचाप नियन्त्रण गर्नुका साथै ब्लड सुगरको मात्रा घटाउने तथा किड्नीलाई सम्भावित स्ट्रेसबाट जोगाउँछ ।

२. बेसार

शरीरमा विभिन्न कारणले जलन वा उत्तेजना हुन्छ । किड्नीमा समस्या देखिएपनि यस्तो समस्या देखिन्छ । तसर्थ यस्ता समस्याबाट छुटकारा पाउनको निम्ति भने बेसारलाई उपयोगी तत्वको रपमा लिइन्छ । बेसारमा पाइने ‘कुरकुमिन’ नामक तत्वले शरीरमा हुने जलन तथा उत्तेजनालाई रोक्छ । बेसार किड्नी रोगबिरुद्ध लड्नका लागि पनि सहयोग हुन्छ । रोटी, पुवा, दुध इत्यादिमा बेसार मिलाएर खान सकिन्छ ।

३. स्याउ

भनिन्छ, दिनहुँ एउटा स्याउ खाने व्यक्ति चिकित्सक कहाँ जानु पर्दैन । स्याउमा हुने गुणका कारण यो हरेक व्यक्तिको निम्ति उपयोगी मानिन्छ । स्याउमा फाइबरको मात्रा अधिक हुन्छ, जसले शरीरमा अनावश्यक विष शरीरबाट हटाइदिन्छ । किड्नीमा भएका अनावश्यक विकार समेत फालिदिन्छ । स्याउले पाचन प्रणालीलाई पनि सहयोग गर्छ ।

४.लसुन

नियमित लसुनको सेबनले किड्नीलाई सफा गर्दछ । लसुनलाई बिहान खाली पेट वा पकाएको परिकारमा मिसाएर खान सकिन्छ ।

५.जैतुनको तेल

जैतुनको तेलले हामीलाई फाइदै—फाइदा गर्छ । अझ विशेषगरी भन्नुपर्दा यसले मुख्यतयाः किड्नीमा विशेष रुपमा फाइदा पु¥याउँछ । जैतुनको तेलले कोलेस्ट्रेल घटाउनुका साथै किड्नीमा हुने स्टोनबाट उत्पन्न पीडाबाट मुक्त गर्छ ।

६.कागतीको जुस

कागती पानीले किड्नीलाई सफा मात्र गर्दैन, किड्नीमा स्टोन हुनबाट जोगाउँछ । कागतीको जुसले शरीरमा ‘सिट्रेस’को तह बढाउँछ । जसले किड्नीमा स्टोन हुनबाट जोगाउँछ । दैनिक एक गिलास कागती पानीले किड्नीलाई स्वस्थ बनाउँछ ।

७.अदुवा

कागतीले जस्तै अदुवाले पनि किड्नी सफा राख्छ । अदुवालाई धुलो, जुस वा खानेकुरामा मिसाएर खान सकिन्छ । अदुवाका उपयोग धेरै छन । यसले वान्ता आउने, अरुची हुने जस्ता समस्याको समाधान गर्छ ।


एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ