२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यतीते करेला क्यान्सर पिडितका लागि आशाको किरण !

तीते करेला क्यान्सर पिडितका लागि आशाको किरण !


तीते करेला विशेषगरी नेपाली तथा भारत समुदायमा तरकारीको निम्ति प्रयोग गरिन्छ । पोषणको मात्रा उच्च रहने यी खानेकुराहरुमा ९३ प्रतिशत भिटामिन ‘सी’ , ४४ प्रतिशत भिटामिन ‘ए’ र ८ प्रतिशत फाइबरको मात्रा रहन्छ । जसकारण स्वास्थ्यको दृष्टिकोणले पनि यी खानालाई स्वस्थ्यवर्धक मानिन्छ । यसलाई जुस तथा क्याप्सुलको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

प्राचीन कालमा चिकित्सा क्षेत्र अन्तर्गत यसलाई मधुमेहको रुपमा लिइन्थ्यो । तर ‘सेन्ट लुइस युनिभर्सिटि’का प्याथोलोजीकी प्रोफेशर समेत् रहेकी भारतीय वैज्ञानिक रत्ना रे ले भने तीते करेलाले क्यानसर विरुद्ध लड्नमा पनि मद्दत गर्ने जनाएकी छिन् । उनले परीक्षणको निम्ति पहिले मुसामा (ल्याबोटरी एक्सपेरीमेन्ट) गरेर मात्रै तीते करेला जिब्रो क्यान्सरको निम्ति उपयोगी रहने कुराको पुष्टि गरेकी थिइन् ।

‘प्राकृतिक उत्पादनहरु क्यान्सरजस्ता गम्भीर मानिने रोगहरुको अगन्य र अपत्यारिलो औषधि हुन्छन् । त्यसैले पनि प्राकृतिक उत्पादक औषधिहरुको आवश्यकता र महत्व झन् दिनानु दिन बढ्दो क्रममा रहेको छ; उनले भनिन् ।

तीते करेला सम्बन्धिको उनको पछिल्लो प्रयास यसै क्यान्सर रोग विरुद्धको रहेको छ । यसपटक भने उनले मुसामा विभिन्न खालका क्यानसरहरु बारे अध्ययन गरेकी छिन् । जसअन्तर्गत ब्रेस्ट, घाँटी, टाउँको तथा पुरुष ग्रन्थ्री सम्बन्धमा परीक्षण गरेकी छिन् । यसरी गरिएको अध्ययनले तीतो तरबुजाले कसरी क्यानसरको कोषहरुलाई टाढा लैजान्छ भन्ने कुराको पुष्टि गरेको छ।

मुसाको जिब्रोमा गरिएको उक्त अध्ययनबाट पत्ता लागेको यस तथ्य गत अक्टोबरमा ‘सेल कम्युनिकेशन एन्ड सिग्नलिङ्ग’ नामक जर्नलमा पहिलो पटक प्रकाशित भएको थियो । तीतो खरबुजाले शरीरमा मेटाबोलिक जाने बाटोमा ग्लूकोज र फ्याट सार्ने अणुहरुको प्रतिकृयालार्ई नियमित गर्छ । जसबाट क्यान्सर शरीरमा फैलिन पाउदैन ।

‘हामीले अध्ययन गरेको सबे प्राणीहरुमा यसको प्रभाव सकरात्मक रुपमा देखा परेको छ । यसले ट्युमरको वृद्धिलाई ५० प्रतिशतले रोकेको छ’ भारतीय वैज्ञानिक रे भन्छिन्, ‘हाम्रो अर्काे चरण भनेको पाइलट अध्ययनद्धारा क्यान्सर बिरामीहरुलाई तीते करेलाले फाइदा गर्छ कि गर्दैन र वर्तमान उपचारहरुको लागि आशाजनक थप उपचार हो कि होइन भनेर अध्ययन गर्नु हो।’

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ