प्रायजसोः हामी तनावलाई नकरात्मक रुपमा लिने गर्छाै । तनावका कारण कामको म्याद समाप्त हुने, पारिवारिक नाटकले उग्र रुप लिने, ब्यक्तिलाई दुब्लो बनाउने र कहिलेकाही ढल्नेजस्ता समस्याहरु पैदा हुन्छ ।
अमेरिका युनिभर्सिटीका प्रोफेसर साइकोलोजिस्ट क्याथलिन गन्टहर्टका अनुसार जब ब्यक्तिले गर्नुपर्ने काम र चुनौतीबीच असन्तुलन पैदा हुन्छ, तब व्यक्तिमा चिन्ता वा तनाव उत्पन्न हुन्छ । अनुसन्धानकर्ताहरुले तनाव पनि ‘डिसस्ट्रेस’ र ‘इउस्ट्रेस’ गरी २ किसिमको हुने कुरा पत्ता लगाएका छन् । यसअन्र्तगत उनीहरुले ‘डिसस्ट्रेस’लाई नकारात्मक र ‘इउस्ट्रेस’लाई सकारात्मक तनाव मान्छन् ।
अमेरिकन साइकोलोजी एसोसियनले अस्वस्थ्यकर खाना, छालाको समस्या, साना मतिष्ककोे आकार तथा क्रोनिक डिजिजको बढ्दो क्रमसँग सम्बन्धित रहेको क्रोनिक स्ट्रेसलाई, कुनै पनि ब्यक्तिमा भित्री तथा बाहिरी तनावपूर्ण घटनाको रुपमा लामो समयसम्म रहिरहने शारीरिक तथा मानसिक प्रतिक्रिया भनेर परिभाषित गरेको छ ।
थोरै मात्रामा भएपनि विज्ञहरुले तनावमा वास्तवमै सकारात्मक पक्ष पनि रहेको कुरा उल्लेख गरेका छन् । दैनिकको मध्यमस्तरको ब्यवस्थित गर्न मिल्ने तनावलाई ‘इउस्ट्रेस’ भनेर पनि चिनिन्छ । यसले बढ्दो उमेरमा लाग्ने विभिन्न रोगहरुसँग सम्बन्धित रहेको अक्सिडेटिभको हानीलाई रोक्ने कुरा सन् २०१३ मा गरिएको साइको न्युरो इन्डोक्रिनोलोजी अध्ययनले पत्ता लगाएको थियो ।
यहाँ तनावको सम्बन्धमा अकल्पनीय केहि तथ्यहरु प्रस्तुत गरिएका छन्ः
तनावले बढाउँछ प्रेरणा
बढ्दो तनावका कारण ब्यक्तिले आफ्नो हिम्मत तथा हौसला प्रेरणा खस्किएको महसुस गर्दछ । तर, लामो समयपश्चात् भने यसले केही सकारात्मक पक्षको सिर्जना गर्न थाल्दछ । ‘मध्यम खालको तनावले हाम्रो हौसला बढाउने गर्छ; गन्टहर्टले भने । उदाहरणको लागि कुनै पनि कुराको अन्तिम मितिको चिन्ता वा तनावका कारण ब्यक्तिलाई सो विषयप्रति अलि बढी ध्यान दिनको निम्ति प्रेरित गर्दछ । आफ्नो जीवनकालमा प्रत्येक ब्यक्तिले तनाव एक न एक पटक अनुभव गर्ने कुरा हो भन्दै उनले भनिन्; ‘यो म आफैले पनि भोगेको कुरा हो । तनाव वा चिन्ताको बिना भने कुनै पनि कुराको प्रेरणा पाउन सकिदैन ।
तर, आज तनावले ग्रस्त भएको ब्यक्तिले भोलिको दिनमा सोही कारण नै प्रेरणा तथा हौसला प्रदान गर्न सक्षम हुन्छ । तसर्थ, कहिलेकाहीं उक्त तनावले हाम्रो उडानको गियरमा लात हान्न मद्दत समेत गर्न सक्छ ।’
तनावले लचिलोपन बढाइ प्रगतिको निम्ति प्रोत्साहन गर्छ
स्कुल अफ मेडिसिन युनिभर्सिटीका ‘साइट¥याट्रिक एन्ड विशेभियर साइन्स’का प्रोफेसर, पिटर विटालिआनोका अनुसार, तनावको कारण ब्यक्तिका अधिकांश भावहरु उर्लिएर आएतापनि यसले ब्यक्तिको समस्याहरु समाधान गर्नको निम्ति उर्जा प्रदान गरी आत्मविश्वास, कला, क्षमता र अनुभवको वृद्धि गर्दछ । उनका अनुसार तनावका कारण ब्यक्तिमा लचिलोपनको वृद्धि भई यसले आत्मविश्वास, कम डर तथा धेरै समस्या र परिस्थितिहरुको नियन्त्रण गर्न सिकाउँछ ।
यसैगरी ‘अ लाइसन्स्ड क्लिनिकल’का समाजसेवी एलिसन वरवाल्डका अनुसार कुनै पनि परिस्थितिसँग जुध्नको निम्ति तनावको सहायताले अनुभव बढाउँछ । र, यसले भविष्यमा आइपर्ने यस्ता समस्याहरु कसरी ब्यवस्थित गर्ने भन्ने कुराको ज्ञान पनि बढाउनमा मद्दत गर्दछ ।
तनावले बढाउँछ सम्बन्ध
तनावको अर्को आश्चर्यचकित विशेषताअन्तर्गत यसले बढाउने सम्बन्धको दायरा पनि हो । सामाजिक सम्बन्ध शारीरिक तथा मानसिक तनाव मुक्त गर्ने एक उचित माध्यम रहेको बताउदै गन्टहर्टले भने; ‘जब ब्यक्तिहरुले एक अर्कालाई बुझेर माया तथा सद्भाव बाँड्न थाल्छन्, तब उनीहरु आफू एक्लो भएको कम महसुस गर्न थाल्छन् ।’
उदाहरणको लागि सामाजिकीकरण ब्यक्तिको तनाव मुक्त गराउने एक मात्र भरपर्दाे उपाय हो । एक अर्कासँग सम्बन्धित हुने भएकोले यहाँ उनीहरुले आफूमा परेको समस्या वा चिन्ताको बारेमा छलफल गरी सकरात्मक एकता, सिर्जनशील तथा नयाँ अनुभवहरु प्राप्त गर्छन् ।
जीवनको एक महत्वपूर्ण पाटोको रुपमा तनाव
कुनै पनि ब्यक्ति आफ्नो जीवनकालमा तनावबिना रहन सक्दैनन् । जस्तो कुनै एक विद्यार्थी ग्राजुएट गर्नको निम्ति उसलाई उसका अन्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसैगरी ग्राजुएशन गरिसके पश्चात् पनि सो विद्यार्थीलाई आफ्नो जीवन कसरी अगाडि बढाउने भन्ने कुराको चिन्ता पर्छ । तसर्थ, उसले यहि चिन्ताको कारण नै आफ्नो पूरा ध्यान यसैमा दिन थाल्छ र पुनः त्यसपश्चात् पनि उसलाई यसै किसिमले अन्य विभिन्न किसिमको तनावहरुले सताउने गर्दछ । यसै विषयमा बोल्दै गन्टहर्ट भन्छिन्, हामीले जीवनमा आफुसंग गर्व गर्न मिल्ने कुरा नै कडा तनावको विजयबाट नै प्राप्त गर्छाै,’ उनले भनिन्; हामी चिन्ता वा तनावबाट टाढा रहन खोज्नु भनेको आफ्नै जीवनबाट टाढा रहन खोज्नु बराबर हो ।’
टाइमबाट भावानुवाद