२०८१ पुस १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्य२३ हजारमा ८ वर्ष लगाएर गरिएको अध्ययनले भन्छ, ‘खुर्सानीले घटाउँछ हृदयघातबाट पुग्ने आघातको खतरा’

२३ हजारमा ८ वर्ष लगाएर गरिएको अध्ययनले भन्छ, ‘खुर्सानीले घटाउँछ हृदयघातबाट पुग्ने आघातको खतरा’


खुर्सानीको प्रयोगले स्वास्थ्यमा फाइदा पु¥याउँदैं यसले हाम्रो मुहारमा मुस्कान समेत ल्याउन मद्दत गर्ने निस्कर्ष एक अध्ययनले निकालेको छ । खुर्सानीको नियमित प्रयोगले हृदयघात र यसको आघातबाट बचाउने तथ्य अनुसन्धानकर्ताहरुले हालै पत्ता लगाएका हुन् ।

खुर्सानीबारेको यो अध्ययन इटालीमा गरिएको थियो । जुन अध्ययनमा नियमित खुर्सानीको प्रयोग गर्ने र नगर्नेहरु गरी जम्मा २३ हजार व्यक्तिहरुलाई समावेश गरिएको थियो ।

८ वर्षभन्दा बढी समय लगाएर सहभागीहरुको स्वास्थ्यको परीक्षण गरिएकोे उक्त अध्ययनमा कम्तिमा पनि खुर्सानीको प्रयोग गर्ने व्यक्तिहरुमा हृदयघातबाट हुने आघातको ४० प्रतिशत कम रहेको देखिन्थ्यो । अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा सोमबार प्रकाशित नतिजाअनुसार हृदयघातको स्ट्रोकको कारण मात्रै आधाभन्दा बढी बिरामीको मृत्यु भएको छ ।

इपिडेमी मेडिटेरियन न्यूरोलोजिस्ट संस्थाका एक प्रमुख लेखक अध्ययनकर्ता मारिया लाउरा बोनासियोका अनुसार मृत्युदरबाट सुरक्षा दिने जोखिम व्यक्तिको डाइटमा निर्भर रहन्छ । यसलाई एक चाख लाग्दो तथ्य बताउँदै उनले भनिन्, ‘अर्काे शब्दमा भन्नुपर्दा भूमध्य आहार प्रयोग गर्ने व्यक्तिहरुका लागि खुर्सानीको प्रयोग स्वास्थ्यको दृष्टिकोणले उचित मानिन्छ ।’

न्युरोमेडको महामारी विज्ञान तथा रोकथाम विभागका निर्देशक लाइसेआ इकोचिएल्लो र भेरेसाको इन्सुब्रिया विश्वविद्यालयका प्रध्यापकले फाइदामुलक खुर्सानी खाद्य संस्कृतिको प्रयोग इटालीबाट नै फैलिएको बताए ।

‘यसैगरी भेडे खुर्सानी प्रजातिका विभिन्न बोटबिरुवाहरु विश्वभर लगाउनाले यो हाम्रो स्वास्थ्यको निम्ति उचित रहन्छ । र, हामीले थाहा पाएअनुसार अमेरिका र चीनले भने यसको अवलोकन गरिसकेका छन्,’ इकोभिएलोले भने । यस अध्ययनको हाल चौतर्फी प्रशंसा पाइरहेको छ भने उक्त समूहले अब भने फाइदाजनक खुर्सानीको जैविक रसायन संयन्त्रको विषयमा अनुसन्धान गर्ने योजना बनाएको छ ।

उक्त योजनाको बारेमा बोल्दै युकेका एस्टन मेडिकल विद्यालयका खाद्य विशेषज्ञ डुआन मेलरले यो आफैमा एक रोचक तथ्य भएता पनि यसले खाद्यवस्तु र स्वास्थ्यबीचको कुनै पनि सम्बन्ध नदेखाउने कुरा उल्लेख गरे । व्यक्तिहरुले खुर्सानीको प्रयोग अन्य खाद्यवस्तुहरुको मिसावटसँग मिलाएर मात्रै प्रयोग गर्ने बताउँदै उनले भने, ‘उक्त अध्ययनले खुर्सानीको सकारात्मक पक्ष सम्मिश्रणको खानामा कसरी समावेश गर्ने भन्नेमा विषयमा मात्रै ध्यान दिएको छ । खुर्सानीले खानाको स्वादलाई जीवन्त दिदै स्वास्थ्यमा समेत सकरात्मक फाइदा पु¥याउँछ ।’

यद्यपि, उनीसँगसँगै अन्य वैज्ञानिकहरुले समेत यसको प्रयोग स्वास्थ्यको दृष्टिकोणले पनि उचित रहेको कुरामा सहमति जनाएका छन् । जोनसनका अनुसार सामान्यतयाः महामारीको विषयमा जिम्मेवार नभएतापनि निष्पक्ष रहेकोे यस प्रकारको खुर्सानी तथा अन्य पोषकयुक्त खानाहरुको सम्बन्ध स्वस्थ्य जीवनशैली कारकको एक केन्द्रिय रेखा पनि हो र यसमा कुनै पनि दुई मत छैन ।

सीएनएनबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ