६ घण्टा लामो कार्डियाक अरेष्ट भएर पनि एक महिला बाँचिन्, चिकित्सक भन्छन्, ‘अपवाद भयो’

बार्सिलोना—स्पेनको कैटलन पिरेनीजको पहाडी इलाकामा एक महिना हाइकर ६ घण्टा कार्डियो एरेष्टसँग जुझ्दापनि बाँच्न सफल भएकी छन् । ३४ वर्षीया आन्ड्रे मैस आफ्ना पति रोहन शोएमनसँगै पिरेनीज पहाडमा पर्वतारोहणका लागि गएकी थिइन् ।
त्यही हिउँको तुफानमा फसिन् । उनलाई अल्पताप (हाइपोथर्मिया)पछि कार्डियाक एरेष्ट भएको थियो । यो घटना ३ नोभेम्बरमा भएको थियो, तर अहिले सार्वजनिक भएको हो ।
उनका श्रीमान शोएमनले भने, ‘हामी हिउँको तुफानमा हराएको म्यासेज करिब डेढ बजे रेस्क्यु टिमलाई पठाएका थियौं । यस दौरान मैशको शरीरको तापक्रम निरन्तर कम भैरहेको थियो । यसैक्रममा उनी बेहोस भइन् । मैले कठिनतापूर्वक उसलाई बोकेर सुरक्षित स्थानमा ल्याए र करिब ३ः४० बजे हामी भएको लोकेसनको फोटो रेस्क्यु टिमलाई पठाए । त्यो बेलासम्म मैशको शरीरमा कुनै हलचल थिएन । डाक्टरले उसलाई अल्पताप (हाइपोथर्मिया)पछि कार्डियाक अरेष्ट आएको बताए ।’
आन्ड्रे मैश अहिले बार्सिलोनाको एक अस्पतालमा उपचाररत छिन् । चिकित्सकहरुले यसलाई आश्चर्यजनक घटना भएको बताएका छन् । बार्सिलोना अस्पतालका चिकित्सकहरुकाअनुसार यो कार्डियाक अरेष्टलाई सबैभन्दा लामो कार्डियाक अरेष्टका रुपमा लिन सकिन्छ । साथै, यसलाई संसारकै आश्चर्यजनक घटनाका रुपमा पनि हेरिएको छ ।
बिरामीलाई पहिलो चोटी हेर्दा उनी मृतअवस्थामा भएको जस्ती देखिएकी थिइन् । चिकित्सकहरुले मेसिनद्वारा उनलाई अक्सिन प्रवाह गरेका थिए । उनको शरीरको तापक्रम ३० डिग्री सेल्सियस पुगेपछि मुटुको धडकन सामान्य बनाउनका लागि उनलाई इलेक्ट्रीक सक पनि दिइएको थियो । मैशले भनिन्, ‘त्यो दिन ६ घण्टा के भयो मलाई केही याद छैन् । म चिकित्सकका कारण अप्रत्यासित रुपमा बचे ।’
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया
- ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ?
- ६ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो
- ७ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत
तपाईको प्रतिक्रिया दिनुहोस