चिजलाई डेरीबाट उत्पादित परिकारमध्ये एक प्रसिद्ध परिकार मानिन्छ । सबैको पहुँचमा रहने र उत्तिकै मिठो पनि मानिने चिजलाई विभिन्न परिकारसँग मिसाएर छुट्टै स्वादअनुसार पनि खान सकिन्छ । संसारभर नै अत्याधिक रुपमा रुचाइने चिजलाई हाल कतिपयले लतको संज्ञा पनि दिन थालेका छन् । जसकारण, यसरी प्रयोग गरिने चिज के वास्तवमै एक तल पनि हो त भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् ।
धेरै व्यक्तिले चिजको लत लाग्ने भएकै कारण यो संसारभर प्रिय खाद्यवस्तुको रुपमा उपभोग भइरहेको तर्कसमेत प्रस्तुत गरेका छन् । के अरुले भनेजस्तै चिजको प्रयोग पनि लत नै हो त? यसमा कतिको वैज्ञानिक सत्यता छ ?
अध्ययनअनुसार अमेरिकामा सन् १९७० मा मात्रै ६ पाउण्ड चिज त्यहाँका बासिन्दाद्धारा उपभोग गरिएको थियो । जुन सन् २०११ सम्म आइपुग्दा बढेर ११ पाउण्डसम्म आइपुगेको छ । यसरी चिजको उपभोग मात्रा बढ्नुको पछाडि पनि थुप्रै कारणहरु रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार व्यक्तिमा क्यासिन नामक प्रोटिन पचाउन सक्ने क्षमताको वृद्धिसँगै यसको उपभोगको मात्रा पनि बढेको हो ।
प्रोटिनको रुपमा केसिन सामान्यतयाः हाम्रो शरीरले साना यौगिकहरुमा विभाजित गर्दछ । जसलाई क्यासोर्फिन पनि भनिन्छ । यसले हाम्रो रगत र दिमागमा भएको अवरोधहरु पार गरी हाम्रो मस्तिष्कको डोपाइन रिसेप्टर्समा संलग्न गर्दछ । यसले डोपाइन वा एंडोर्फिन हार्माेनको प्रदान गरी हामीलाई पुरस्कृत भएको सरह सकारात्मक भावको आभाष गराउँछ ।
यसरी सारांशमा भन्नुपर्दा, चिजको प्रयोगले व्यक्तिलाई राम्रो महसुस गराउँछ । जसकारण हामीलाई अझ धेरै चिज खान मन लाग्ने हुन्छ ।
यसका साथै यसमा पाइने हाइ फ्याटको बाबजुद पनि यो खान सजिलो र स्वादिलो हुन्छ । यसले शरीरमा एंडोर्फिन हार्माेनको पनि उत्पादन गर्ने भएकोले यसको प्रयोग गर्दा हामीलाई सन्तुष्टि सँगसँगै आनन्द पनि प्राप्त हुन्छ । जसले गर्दा पनि एकचोटी खाएपश्चात् यो फेरि पनि खान मन लाग्ने हुन्छ ।
एक पटक खाएपछि व्यक्तिलाई यसको हल्का लत लाग्ने भएपनि यसबाहेक यसले शरीरमा भने कुनै पनि किसिमको हानि पु¥याउँदैन । अझ वास्तवमा भन्ने हो भने यो स्वास्थ्यको दृष्टिकोणले अझ उचित पनि मानिन्छ । तर, चिजले ल्याक्टोजको निस्काशन गर्ने भएकोले ल्याक्टोज पचाउन क्षमता नभएका व्यक्तिले भने यसको प्रयोेग गर्नुहँुदैन ।
एजेन्सीको सहयोगमा