२०८१ चैत्र २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


काठमाडौं– नेपाल पक्षघात संघले विभिन्न संघसंस्थासँगको सहकार्यमा काठमाडौंको रानीबारीमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार संघले आशिष चर्च रानीबारी, नेपाल आहारविद् संघ र लाइफ मन्त्रको पत्यक्ष सहयोगमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

अप्रिल ७ मा पर्ने स्वास्थ्य विश्व स्वास्थ्य दिवसको मूल नारा ‘स्वास्थ्य सुरुवात आशावादी भविष्य’ लाई उजागर गर्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको जनाइएको छ । शिविरबाट झण्डै दुई सय जना नागरिकले निःशुल्क स्वास्थ्य जाँचको सुविधा लिएको संघले जनाएको छ ।

स्वास्थ्य जाँच र सचेतना कार्यक्रमलाई दुई चरणमा गरिएको थियो । पहिलो चरणमा गरिएको सचेतनामूलक कार्यक्रममा महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरका न्यूरोलोजिष्ट डा. अभिषेकमान श्रेष्ठले पक्षघातकाबारेमा प्रस्तुति दिएका थिए । उनले पक्षघातका कारण, लक्षण, बच्ने उपाय र उपचारपद्धतिका विषयमा आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी, आहारविद् रश्मी बजिमयले स्वास्थ्य आहारले दीर्घरोगबाट बचाउने र एउटा स्वस्थ व्यत्तिःलाइए के कस्तो आहारको आवश्यकता हुन्छ भन्नेबारे प्रष्ट पारेकी थिइन् । त्यस्तै, लाइफमन्त्रका मनोविद् सोम डंगोलले मानसिक तनावले कसरी पक्षघात गराउँदछ भन्ने बारेमा आफ्नो प्रस्तुति दिएका थिए । साथै, उनले तनाव नियन्त्रण गर्ने तरिकाका बारेमासमेत बताएका थिए ।

आशिष चर्चका अध्यक्ष डा. टेक थापाले बेला बेलामा शारीरिक जाँच गरेर आफ्नो स्वास्थ्य अवस्थाका बारेमा थाहा पाइराख्नु पर्ने विषयमा जोड दिए ।

कार्यक्रममा नेशनल न्यूरो सेन्टरकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) नूमा शर्मा, न्यूरोलोजिष्ट डा. सुमन भट्टराई, डा. मटिना मानन्धर, डा. रचना नकर्मी, नर्सिङ इन्चार्ज अनिता थापा, हिरा डंगाेल, बिनोद पहरी लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ