२०८१ चैत्र १६, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा

नयाँ वर्षको अवसरमा हार्दिक आईभीएफद्वारा निःशुल्क आईयुआई सेवा


काठमाडौं—सिनामंगलस्थित हार्दिक आईभीएफले नेपाली नयाँ वर्षको अवसर पारेर निःशुल्क आईयुआई सेवा उपलब्ध गराउने भएको हो । हार्दिक आईभीएफले १० चैत्रदेखि ३१ बैशाखसम्म निःशुल्क आईयुआई सेवा उपलध गराइने जनाएको छ ।

आईयुआई सेवा कम शुक्राणु गन्ती, असमय महानावारी, अस्पष्ट प्रजनन समस्या भएका लागि उपयुक्त हुने हार्दिक आईभीएफकी प्रजनन रोग विशेषज्ञ डा. अर्चनाले शाक्यले जानकारी दिइन् । उनकाअनुसार आईयुआई एक प्रजनन उपचार हो जसमा पुरुषको शुक्राणुलाई सिधैं महिलाको गर्भाशयमा राखिन्छ । ‘यसले शुक्राणुलाई महिलाको अण्डसम्म पुग्न सजिलो बनाउँछ,’ डा. शाक्यले भनिन्, ‘र गर्भाधारणका सम्भावना बढाउँछ ।’

आईभीएफकी अर्की प्रजनन रोग विशेषज्ञ डा. निसुमा सेढाइले आईयुआई गराउनुपूर्व विभिन्न पक्षबारे बुझ्नुपर्ने बताइन् । उनकाअनुसार आईयुआई गर्न चाहने दम्पत्ति आईयुआई के हो बुझ्ने, आईयुआई प्रजनन विशेषज्ञसँग परामर्श गर्ने, आईयुआई सफलताका कारकहरु बुझ्ने, ओभुलुसन र समय ट्रयाक गर्ने र एकअर्कालाई भावनात्मक समर्थन गर्नुपर्छ ।

अन्तर्राष्ट्रियस्तरको आईभीएफ सेवा उपलब्ध गराउँदैं आएको जनाउँदैं हार्दिकले निःसन्तान दम्पत्तिहरुलाई सेवा दिनका लागि तयार रहेको जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ