२०८१ चैत्र १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहिनावारी अनियमित समस्या र समाधान

महिनावारी अनियमित समस्या र समाधान


साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसैमा आठ वर्षदेखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनि मार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

सामान्यतया महिनावारीलाई ३० दिनको मासिक चक्र मानिन्छ । यदि कुनै पनि महिलामा पछिल्लो पटक महिनावारी भएको ६ हप्तादेखि सोहि क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी अवस्थाको संज्ञा दिइन्छ ।

उसो त महिनावारी रोकिनुका पनि केहि सरल एवम् केहि गम्भीर गरी विविध कारणहरु हुन सक्छन् । जसमध्ये व्यक्तिको खानपिन शैली तथा व्यायामको दिनचर्यालाई यसको प्रमुख कारक तत्व मानिन्छ ।

तर, ४० दिन अथवा सोभन्दा बढि समयसम्म महिनावारी पुनः सुचारु नभएको अवस्थाले महिलाको गम्भीर स्वास्थ्य स्थितितर्फ संकेत गर्ने हुँदा त्यस्ता महिलाले भने अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्दछ ।

महिनावारी नियमित नहुने केहि कारण यस्ता छन्

तनाव
कुनैपनि खतरा प्रतिको मानव प्रतिक्रियाका सबै पक्षहरूलाई नियन्त्रण गर्ने तनावको मुख्य जड हाम्रो मस्तिष्कको ‘हाइपोथालामस’ नामक भागमा आधारित रहेको हुन्छ । जसकारण पनि हामी उच्च तनावमा रहँदा हाम्रो मष्तिष्क ‘फाइट या फ्लाइट’(केहि स्थितिको अवस्थासँग लड्ने अथवा त्यसबाट टाढा भाग्न खोज्ने अवस्था) को मुडमा रहने भएकाले यति बेला महिलाहरु अत्यन्तै रिसाहा समेत हुन्छन् ।

‘हाइपोथलामस’ भनिने यो भाग स्वतः प्रतिक्रिया जनाउने मष्तिष्कको एक अंश पनि हो । जसले अन्त्यमा हार्माेनलाई गुप्त राख्दै प्रजनन प्रणालीको कार्यलगायत शरीरको सम्पुर्ण कार्यहरूलाई नियन्त्रण गरेको हुन्छ र सोबाट देखापर्ने प्रतिक्रियाबाट बच्न सम्भवतः असम्भव रहन्छ ।

यसकारण पनि उच्च तनावग्रस्त अवस्थामा ओभुलेशन चक्र छलिन गई महिला अस्थायी रुपमा अनियमित महिनावारीको समस्याको शिकार बन्न पुग्छिन् ।

तौल घट्नु वा बढ्नु
शरीरको वजनमा देखापर्ने अधिक परिवर्तन पनि महिलाको महिनावारी अनियमित हुनाका मुख्य कारण हुन् ।

शरीरको तौलको प्रत्यक्ष सम्बन्ध शारीरिक मोटोपनसँग सम्बन्धित रहेको हुन्छ । जसकारण पनि महिलाको तौल घटबढ हुँदा त्यसको परिणाम स्वरुप हर्मोनमा असन्तुलन देखापर्छ ।

यसबाहेक सिमित गम्भीर क्यालोरीले पनि प्रजनन हार्माेन उत्पादनका लागि निर्देशित गर्ने मस्तिष्कको ‘एन्डोक्राइन सिस्टम’ नामक भागमा असर पुराउछ ।

फलस्वरुप यसरी यी सुचना प्रवाहमा आएको अवरोधका कारण महिलाको महिनावारीमा अनियमितता देखापरी यसले ओभुलेशन चक्रलाई प्रभावित तुल्याउने प्रजनन हार्माेन उत्पादनमा समेत नकरात्मक असर पुराउछ

तीव्र शारीरिक व्यायामको बढावा

शरीरको क्यालोरी अधिक बर्न गर्ने बाहानामा नियमित गरिने शारीरिक व्यायामले पनि महिलाको महिनावारी रोक्नमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । शरीरको कार्यप्रणालीलाई प्रभावकारी बनाउन शरीरमा पर्याप्त ऊर्जा नहुने कारण यस्ता समस्या देखा पर्दछ ।

परिणाम स्वरुप यस्ता गतिविधिले हार्माेनको गडबडि गराई महिलाको महिनावारी चक्रको लय(ट्रयाक) लाई नै पर धकेलिदिन्छ ।

यद्यपि यसरी पर सरेको महिनावारी चक्र महिलाले क्यालोरीको मात्रा लिन थालेपश्चात् शरीरले प्रजनन प्रणालीमा पर्याप्त ऊर्जा लगानी गर्न सक्षम हुन थालेलगत्तै पुनः दोहोरिन थाल्दछ ।

पोलिस्टिक ओभारी सिन्ड्रोमका कारणपोलिस्टिक ओभारी सिन्ड्रोम(पिओएस) भन्नाले प्रजनन हार्माेनको असन्तुलन अवस्थालाई जनाउँछ । पिओसीका समस्या अन्र्तगत विशेषतः महिनावारी रोकिने, अनियमित हुने अथवा दुवै प्रकृतिका अवस्था   देखापर्छ ।

यस्तै, केहि समस्याहरु भने शरीरको अतिरिक्त पक्षहरुमा जस्तो कपाल, शरीर वा अनुहारमा विकार देखिने, कपाल पातलो हुँदै जाने, अत्याधिक तौल बढ्ने अथवा तौल घटाउनुमा सकस हुने, छालामा पोतो आउने, विशेष रुपमा गर्धन, स्तनको तल्लो भाग अथवा काखीमुनि मुसा आउनेजस्ता समस्या देखापर्दछ ।

माथि उल्लेखितमध्ये महिलामा महिनावारी रोकिनुका कुनै एक अथवा केहि लक्षण देखापरेको खण्डमा सो पोलिस्टिक ओभारी सिन्ड्रोमको लक्षण हुन सक्ने भएकाले त्यस्ता व्यक्तिले अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

हार्माेनल गर्भनिरोधक औषधिको सेवन
गर्भनिरोधक चक्कीको प्रयोग महिनावारीलाई निरन्तरता दिनका लागि प्रयोग गरिन्छ । यद्यपि कतिपय अवस्थामा अझ विशेषगरी भन्नुपर्दा चक्की सेवनको शुरुवाती केहि महिना वा लामो समयसम्मको प्रयोगपछि चक्कीको सेवन छोडेका महिलामा भने यो अपवादको रुपमा देखापर्दछ ।

शुरुवाती केहि महिनामा महिलाको प्रजनन प्रकृया प्रभाव पर्ने भएकाले पनि महिलामा यस्ता समस्या देखिन्छ । र, महिलामा शरीर तथा हार्माेनको मात्रामा सुधार नआएसम्म यस्ता समस्या यथावत् नै रहि रहन्छन् ।

रजनोवृत्तिको प्रारम्भिक चरण
४० वर्षअगावै महिलाको अण्डाशयले काम गर्न छोडेको अवस्थालाई प्रारम्भिक रजनोवृत्ति(महिनावारी रोकिनु) भनिन्छ । महिलाको अण्डाशयले आफ्नो चक्र जारी राख्नका लागि पर्याप्त एस्ट्रोजनका उत्पादन गर्न नसकेको अवस्थामा देखापर्ने यस्तो अवस्थालाई चिकित्सा क्षेत्रअन्तर्गत भने ‘प्रिम्याच्योर ओभारियन फेलर’(समयपूर्व देखा पर्ने डिम्बाग्रन्थी विफलता) पनि भनिन्छ ।

ढिलो अथवा महिनावारी अनियमिततालाई डिम्बाग्रन्थी विफलताको प्रारम्भिक संकेत मानिन्छ । जसको दौरान महिलाले संकेत स्वरुप राती पसिना आउने, गर्मी हुने तथा निन्द्रामा समस्या देखिनेजस्ता अवस्थाहरूको अनुभव गर्छन् ।

यसबाहेक अन्य लक्षण अन्र्तगत भने महिलामा योनिको सुख्खापन, यौनप्रतिको घट्दो रुचि, ध्यान केन्द्रित गर्न तथा गर्भधारण गर्न नसक्नेजस्ता समस्याहरु देखापर्दछ ।

रजनोवृत्तिको समयतर्फ उन्मुख हुँदा (पेरिमेनोपोज)
रजनोवृत्ति देखापर्ने वास्तविक समय ४२-४७ वर्षबीचको समयावधि) तर्फ लम्कँदै गरेको अवस्थालाई ‘पेरिमेनोपोज पिरियड’ भनिन्छ । यस्ता समस्यामा महिलामा महिनावारी पुर्ण रुपले रोकिनुभन्दा करिब ४ वर्ष अघिदेखि नै देखा पर्दछ ।

त्यस्तै, यस समयमा महिलाको नियमित महिनावारी समयावधि अप्रत्याशित रुपमा पर सरी पुनः सोहि समयावधिमा नै हुन थाल्छ । सारांशमा भन्नुपर्दा, यस दौरानमा हुने मासिक चक्र अन्र्तगत भने महिलाको शारीरिक बनावट अनुसार, कोहिमा हल्का वा कोहिमा भने भारी रक्तश्राव हुने गर्छ ।

थाइराइडका कारण
घाँटी अवस्थित रहने थाइराइड ग्रन्थीले पनि जैविक प्रकृयाहरुसंगै अन्य मासिक चक्रलाई धेरै हदसम्म नियन्त्रण गरेको हुन्छ । केहि कारणवश यसमा हुने ‘हाइपो–थाइरोडिज्म’ तथा ‘हाइपर–थाइरोडिज्म’ का कारण कार्यप्रणालीमा प्रभाव पार्ने केहि अवस्थाहरुले महिलाको मासिक चक्रमा समेत अनियमितता निम्त्याउँछ ।

हाइपर–थाइरोडिज्मको अवस्थामा ग्रन्थीले शरीरको मेटाबोलिजम बढाउने ‘थायरोक्सिन’ नामक अति सक्रिय हार्माेनको उत्पादन गर्दछ । जसले पनि महिनावारीको चक्रलाई अनियमितताको निम्ति बढावा दिदै केहि महिनौंसम्म टाढा लैजान्छ ।

थाइराइड भएका व्यक्तिमा अन्य लक्षण स्वरुप मुटुको गति तेज हुने, भोक तथा तौलमा गडबड देखिने, चिन्ता बढ्ने, हात काँप्ने, थकानको महशुस हुने, कपालको स्वरुपमा परिवर्तन आउने तथा निन्द्रामा गडबडि देखिनेजस्ता परिवर्तनहरु देखा पर्दछ ।

अन्य दिर्घरोग भएमा
सिलिएक रोग तथा मधुमेहजस्ता शरीरमा पहिलेदेखि नै रहेका रोग अथवा स्वास्थ्य अवस्थालाई पनि महिनावारी अनियमितताको मुख्य कारण मानिन्छ ।

अटो–इम्युनका कारण देखापर्ने सिलिएक रोगले व्यक्तिको पाचन प्रणालीमा असर पु¥याउँछ । खानाको माध्यमबाट यस्ता बिरामीले ग्लूटोनको सेवन गरेको खण्डमा प्रतिरक्षा प्रणालीले सानो आन्द्रामा प्रतिक्रिया जनाउने अटो–इम्युनको एक अनुक्रम सक्रिय हुन पुग्दछ ।

परिणाम स्वरुप यसले पाचन नलीमा प्रभाव पु¥याई पोषक तत्वहरूलाई सोस्दै शरीरमा कुपोषण तथा हार्माेन उत्पादनको समस्यासँगै मासिक चक्रको अनियमिततालाई समेत बढावा दिन्छ ।

१५ दिनमै महिनावारी
यदि कसैमा १५ दिन नपुग्दै महिनावारी हुन्छ भने त्यसको कारण हुनसक्छ, एस्ट्रोजेनको स्तरको कमी । एस्ट्रोजेनको कमी भएमा अन्य हर्मोनको उत्पादनमा पनि कमी ल्याउँछ ।

जसले तनावको स्तरलाई पनि बढाइदिन्छ । जसकारण १५ दिनमा पनि रक्तस्राव हुनसक्छ । त्यसबाहेक योनी तथा पाठेघरमा संक्रमण भइ गोनोरिया हुँदा पनि महिनामा दुई पटक महिनावारी हुनसक्छ ।

महिनावारी पीडादायी किन हुन्छ?
रगत राम्ररी बाहिर नबग्ने, पाठेघरको मुखमा समस्या भएर रगत बग्न सक्दैन, जसले रगतभित्रै बस्दा महिनावारी कष्टकर हुनसक्छ । कुनै महिलाको पाठेघरको भित्री मुख जसबाट रक्तस्राव हुने गर्छ, त्यो एकदमै कसिएको हुन्छ । यस्तो अवस्थामा पनि महिनावारी निकै कठिन हुन्छ ।

यद्यपि, पीडा सबै महिलालाई उस्तै हुँदैन । हरेक महिलाको पीडाका प्रकार फरक हुन्छ । कसैलाई तल्लो पेटदेखि खुट्टासम्म, त कसैलाई यससँगै कम्मर र ढाड पनि दुख्छ । जसले शरीरलाई दुईदेखि तीन दिनसम्म शारीरिक रुपमा थकित र कमजोर बनाउँछ ।

कति रगत बग्नु सामान्य
महिनावारी चक्रमा ८० देखि १०० एमएलसम्मको रगत बग्नुलाई सामान्य मानिन्छ । दिनमा दुईदेखि तीनवटासम्म प्याड भिज्नु राम्रो हुन्छ । तर सात दिनभन्दा धेरै रगत बग्नु, छिटो छिटो महिनावारी चक्र हुन्छ भने चिकित्सकको परामर्शमा लिनुपर्छ ।

कति बेला अस्पताल जाने ?
-महिनावारीको समय ४० दिनभन्दा बढी नाघेमा,
-नियमित हुने महिनावारी अचानक रोकिएमा,
-महिनावारी हुँदा अत्यधिक पीडा हुनु र रक्तस्राव भएमा,
-एक साताभन्दा बढी समयसम्म रक्तस्राव भइरहेका,
-महिनावारी हुँदा अत्यधिक पेट दुखाइ हुनु ।उपचार

जबसम्म अनियमित महिनावारीले ठूलो समस्या ल्याउँदैन, तबसम्म उपचारको आवश्यकता हुँदैन । तर अत्यधिक पेट दुखाइ हुनु, रक्तस्राव धेरै हुनु र गर्भ रहन पनि समस्या भइरहेको छ भने पाठेघरको परीक्षण गराउनुपर्ने हुन्छ ।
पीसीओएस र हाइपोथाइराइडको लागि भने हार्मोनल औषधि लिनुपर्ने हुन्छ ।

त्यस्तै, तनाव व्यवस्थापन गर्ने, पेट दुख्दा ‘हट वाटर ब्याग’ले सेक्ने, तातो पानीले मात्र नुहाउने, आवश्यक शारीरिक सक्रियता बढाउने, पौष्टिक आहार बढी खाने, जंक फुड नखाने र अत्याधिक व्यायाम नगर्ने गर्दा पनि महिनावारी समस्या कम गर्छ।

महिनावारी एक प्राकृतिक प्रक्रिया हो। तर यस सम्बन्धि उचित ज्ञान नपाउँदा र ध्यान नदिँदा कतिपयका लागि समस्या बनिरहेको छ। जसले गर्दा कति महिला शारिरिक रुपमा मात्रै होइन, मानसिक रुपमा पनि पीडा खेपिरहेका छन्। कतिपयले यस बारेमा उचित ज्ञान नपाएर प्रशस्त भ्रम पालेका छन् भने कतिपयले हेलचक्र्याइँ गर्ने गरेका छन्। दुवै कार्य स्वास्थ्यका लागि हानिकारक छन्।

पछिल्लो समय हर्माेनजन्य औषधिको प्रयोग गर्ने महिला बढेका छन्। जसका कारण पनि मासिक धर्ममा तलमाथि परिरहेको छ। समस्या आइरहेका छन्। कतिपयले महिनावारीसँग सम्बन्धित भएर आउने समस्यालाई लाजका विषय बनाउँदा जटिल स्वास्थ्य समस्या निम्त्याइरहेका छन्।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ