२०८१ फागुन १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्य२७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं

२७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं


काठमाडौं—नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो आठौं संस्करण हुने भएको छ । नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बीटुबी इभेन्ट मानिएको उक्त एक्स्पो २७ फेब्रुअरीदेखि १ मार्चसम्म काठमाडौंको भृकुटीमण्डप आयोजना हुनेछ ।

एक्स्पोमा चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादनहरू र प्रविधिहरू ल्याइँदैछ । नेपाल मेडिकल एण्ड ल्याब शो चिकित्सा, शल्यचिकित्सा, डायग्नोस्टिक तथा अनुसन्धान प्रयोगशालाको बजार केन्द्रको रूपमा निरन्तर विकसित भइरहेको उल्लेख गर्दै आयोजकले समर्पित चिकित्सा तथा प्रयोगशाला मञ्चको रूपमा नेपाल मेडिकल शो चिकित्सा क्षेत्रका प्रमुख अस्पताल, चिकित्सक, प्याथोलोजिस्ट, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता तथा अन्य खरिदकर्ता समूहहरूलाई जोड्ने एक विश्वसनीय अन्तर्राष्ट्रिय स्रोत केन्द्रको रूपमा स्थापित जनाएको छ ।

‘विशेष रूपमा चिकित्सा तथा डायग्नोस्टिक्स क्षेत्रका सबै विधाहरू समेट्ने रणनीतिक प्रदर्शनीको रूपमा एक्स्पोले अन्तर्राष्ट्रिय उत्पादनहरूको विस्तृत दायरा प्रस्तुत गर्दछ,’ आयोजकले भनेको छ, ‘यस एक्स्पोले भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तानलगायतका देशहरूबाट उच्च गुणस्तरका आपूर्तिकर्ताहरूलाई नेपालमा ल्याउनेछ, जसले नवीनतम डिजाइन, नवीनता तथा प्रविधि विकास प्रदर्शन गर्नेछन् ।’

गत वर्ष, नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले नेपाल तथा अन्तर्राष्ट्रिय उद्योग, प्रदर्शक तथा आगन्तुकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । सन् २०२४ को एक्स्पोमा ५ अन्तर्राष्ट्रिय देशहरू तथा नेपालभरका चिकित्सा समुदायहरू गरी ९,००० भन्दा बढी आगन्तुकहरूले सहभागिता जनाएका थिए ।

एक्स्पोलाई केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल, इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल तथा एसडी प्रोमो मिडियाद्वारा सह–आयोजना गरिएको छ । साथै, एक्स्पोका लागि अन्य प्रमुख उद्योग व्यापार संस्थाहरूको सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ