२०८१ फागुन ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यराधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार जोशीलाई

राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार जोशीलाई


काठमाडौं–यस वर्षको राधा क्यान्सर सचेतना तथा महिला हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका पत्रकार पदमराज जोशीलाई दिइने भएको छ ।

राधा क्यान्सर सचेतना फाउण्डेसनले हरेक वर्ष प्रदान गर्ने यो पुरुषकार काठमाडौंमा बसेर स्वास्थ्य विषयमा समाचार लेख्ने पत्रकार जोशीलाई दिइने निर्णय भएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए ।

२० हजार रूपैयाँ राशीको सो पुरस्कारका लागि फउन्डेसनले ४ माघमा आवेदन आव्हान गरेको थियो । आवेदन दिएकामध्ये पुरस्कार छनोट समितिको सिफारिसमा जोशीलाई यस वर्षको पुरुष्कार प्रदान गरिने भएको हो ।

वि.सं. २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्याल लामो समय नवलपुरमा रहेर पत्रकारिता गरिरहेकी थिइन् । उनको १४ कात्तिक २०७७ मा स्तन क्यान्सरको कारणले निधन भएको थियो । उनको सम्झनामा प्रत्येक वर्ष क्यान्सर तथा महिला हिंसा विरुद्ध उत्कृष्ट समाचार लेख्ने एक पत्रकारलाई सो पुरस्कार दिदैं आएको अध्यक्ष बस्यालले जानकारी दिए ।

यस वर्षको पुरस्कार आगामी ९ फागुनमा एक समारोहका बीच नवलपुरमा प्रदान गरिने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ