२०८१ फागुन ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना

नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना

बाल क्यान्सर उपचार सुदृढ गर्न नयाँ पहल


काठमाडौं—नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (एनसीसीए)को स्थापना भएको छ । आइतबार नेपालमा चाइल्डहुड क्यान्सर उपचार सुधार गर्ने प्रयासमा स्वरुप एलायन्सको उद्घाटन गरिएको हो ।

एलायन्सको आधिकारिक घोषणा स्टेककहोल्डरहरुलाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने र देशभरी क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग दिशामा एक महत्वपूर्ण कदम भएको सरोकारवालाहरुले बताएका छन् । यो एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट, लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेशन, टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर र वल्र्ड चाइल्ड क्यान्सर यूकेलाई एकत्रित गर्दै बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग, तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउन कार्य गर्ने बताइएको छ ।

एलायन्सको उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनाली विभिन्न अस्पतालका बालरोग विशेषज्ञ, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको सहभागिता रहेको थियो । एलायन्सको मुख्य उद्देश्य उपचारबाहेकका आवश्यक सहयोगहरू प्रदान गर्नु रहेको छ, जसमा प्रारम्भिक पहिचान, आर्थिक तथा मानसिक सहयोग र उपचारपछिको पुनःस्थापना कार्यक्रमहरू सुनिश्चित छन् ।

कार्यक्रमको प्यानल छलफलमा कान्ति बाल अस्पतालका डा. विश्वनाथ अधिकारी, भक्तपुर क्यान्सर अस्पतालका डा. ऋतु लामिछाने, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. सुचरिता तुलाधर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. कृष्ण सागर शर्मा र कान्ति बाल अस्पतालकै डा. सानी सिपाइ सहभागी थिए । डा. अधिकारीको संयोजनमा भएको छलफलको रमेश गुप्ता मेमोरियल ट्रष्टका निर्देशक सञ्जय अग्रवालले अध्यक्षता गरेका थिए । यस्तै, डब्लूएचओ नेपालका डा. सुमन पन्थी सह–अध्यक्ष थिए ।

सो अवसरमा डब्लूसीसी नेपालका कार्यक्रम संयोजक सम्राट रायमाझीलेले एलायन्सको उद्देश्यबारे प्रष्ट पारेका थिए । ‘यो पहल केवल उपचारमा सिमित छैन । बाल क्यान्सरको विरुद्ध लडिरहेका परिवारहरूलाई समग्र रूपमा सहयोग गर्नु आवश्यक छ र यही लक्ष्यसहित एनसीसीए अघि बढ्दैछ,’ उनले भने ।

आरजीएमटीका अध्यक्ष रोहित गुप्ताले एनसीसीएको महत्वलाई स्पष्ट पार्दै भने, ‘नेपालमा बाल क्यान्सरको उपचारका प्रयासहरू विखण्डित रूपमा भइरहेका थिए । यो गठबन्धनले स्रोत, विशेषज्ञता र वकालतलाई एउटै प्रभावकारी मञ्चमा ल्याउनेछ ।’ नेपालमा १४ वर्षमुनिका बालबालिकाहरूको लागि निःशुल्क क्यान्सर उपचारको सरकारी घोषणा भएको बेला यो एलायन्सले उपचारबाहेकका चुनौतीहरू सम्बोधन गर्ने लक्ष्य राखेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ