काठमाडौं—नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुसम्म भृकुटीमण्डमा हुने भएको छ । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि. तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि.को संयोजनमा उक्त प्रदर्शनी हुन लागेको हो ।
औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी’ तथा ‘नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना हुन लागेको ती संस्थाहरुले जनाएका छन् ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहने छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनीमा प्रदर्शनी, सम्मेलन र साझेदारी मुख्य विशेषता रहेको आयोजकको भनाइ छ।
‘नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने माध्यम पनि बन्नेछ,’ आयोजकले भनेका छन्, ‘यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिस्पर्धात्मक रूपमा योगदान पु¥याउँछ ।’
प्रदर्शनीले विभिन्न देशका कम्पनी र ब्राण्डका साथै विजनेश लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने विश्वास आयोजकको छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त रहेको जनाइएको छ ।
अन्तराष्ट्रिय प्रदर्शनीमा विभिन्न स्वास्थ्यसँग सम्बन्धित उद्योग, संग संस्था लगायत अन्य सरोकारवालाहरुलाई समेटी गोष्टी तथा सेमिनार कार्यक्रम पनि आयोजना हुनेछ । प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल फर्मास्यूटिकल एस्सोसिएसन्, नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखा र नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाई रहेका छन् ।