२०८१ पुस १, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यरसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’

रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’


मस्को—रसियाले क्यान्सर विरुद्धको (mRNA) एआरएनए भ्याक्सिन विकास गरेको छ । रसियाको अनलाइन समाचार पोर्टल तासकाअनुसार क्यान्सर विरुद्धको यो भ्याक्सिन निःशुल्क उपलब्ध गराइनेछ ।

‘यसलाई २०२५ को प्रारम्भमा लन्च गर्ने योजना छ,’ तासले भनेको छ । रसियन स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक एन्ड्रे काप्रिनलाई उदृद्ध गर्दै उसले यो भ्याक्सिन बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइने उल्लेख गरेको छ ।

यो खोप विभिन्न अनुसन्धान केन्द्रहरुसँगको सहकार्यमा विकसित गरिएको हो ।

यसअघि गमालेया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्याण्डर गिन्टसवर्गले ताससँग भ्याक्सिनको प्रि—क्लिनिकल ट्रायलमा ट्युमरको विकास र सम्भावित मेटास्टेसेसलाई दबाउने बताएका थिए ।

रसियाले विकास गरेको भनिएको यो क्यान्सर विरुद्धको भ्याक्सिनले साँच्चै काम गरेमा त्यसले क्यान्सरबाट हरेक वर्ष ज्यान गुमाउने लाखौं मानिसहरुले नयाँ जीवन पाउनेछन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ