एचआईभी (ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस)लाई खतरानाक भाइरस मानिन्छ । लामो समयदेखि चिकित्सक र वैज्ञानिकहरु यसको उपचार खोजिरहेका छन् ।
हालैमात्र वैज्ञानिकले यसमाथि एक ठूलो उपलब्धि हासिल गरेका छन् । उनीहरुलेले एचआईभी इन्फेक्सन रोक्ने एक इन्जेक्सन बनाएका छन् । वैज्ञानिकहरुकाअनुसार यो इन्जेक्सन एचआईभी इन्फेक्सन रोक्न ९६ प्रतिशत प्रभावकारी देखिएको छ ।
यो इन्जेक्सनको नाम लेनकापाभिर (Lenacapavir) हो । वैज्ञानिककाअनुसार एक वर्षमा यो भ्याक्सिनको दुई डोज लिएपछि व्यक्ति एचआईभी इन्फेक्सनको खतराबाट पूर्णतयाः सुरक्षित रहनेछ ।
अमेरिकन बायोफर्मास्युटिकल्स कम्पनी गलियड (Gilead)द्वारा जारी तथा न्यू इग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथ्यांकअनुसार लेनकाभिर भ्याक्सिन फेज—३ ट्रायलका दौरान एचआईभी इन्फेक्सन रोक्न १०० प्रतिशतसम्म प्रभावकारी थियो । दक्षिण अफ्रिका र युगाण्डाका ५ हजार महिलामा यो भ्याक्सिनको सफल परीक्षण गरिएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)काअनुसार सन् २०२३ मा करिब ४ करोड मासिन एचआईभी पीडित थिए । यस्तै, यस वर्ष ६ लाख ३० हजार मानिसको एचआईभीबाट मृत्यु भएको थियो ।
एचआईभी असुरक्षित यौन सम्बन्ध, संक्रमित व्यक्तिको रगतसँगको सम्पर्क, संक्रमित व्यक्तिले प्रयोग गरेको सुई, ब्लेड प्रयोग गर्दा, एकै सुईबाट धेरै व्यक्तिको टाटू बनाउँदा, संक्रमित व्यक्तिको रेजर वा टुथब्रस प्रयोग गर्नाले र एचआईभी संक्रमित आमाबाट बच्चामा सर्न सक्छ ।
-एजेन्सीको सहयोगमा