नवजात शिशुको हातमा ६/६ औला, नर्सले एक—एक औला काटिदिएपछि शिशुको मृत्यु

एक नवजात शिशुको हातमा ६÷६ वटा औला थिएँ । नर्सले ती नवजात शिुशुको एक—एक औला काटिदिएपछि मृत्यु भएको छ ।
उत्तरप्रदेशको हरदोईको सरकारी अस्पतालमा जन्मेका एक नवजात शिशुका ६/६ औला देखेपछि नर्सले दुवै हातको एक—एक औला काटिदिइन् । नर्सले औला काट्ने बितिकै शिशुको स्वास्थ्य अवस्था नाजुक बन्दैं गयो र केही समयमै ती शिशुको मृत्यु भयो ।
शिशुका बुवाले महिला स्वास्थ्यकर्मीमाथि उजुरी दर्ता गरेका छन् । पुलिसले त्यसमाथि अनुसन्धान सुरु गरेको छ । समाचार एजेन्सीहरुकाअनुसार शनिबार राति बाढ करेन्खा गाउँ घर भएकी लक्ष्मी नामक महिलाको प्रसव पीडा भएपछि विलग्रामको सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी)मा भर्ती गरिएको थियो ।
आइतबार विहानै लक्ष्मीले छोरालाई जन्माइन् । शिशुको दुवै हातमा पाँच औला हुनुपर्नेमा ६/६ औला थिए । लक्ष्मीका पति रविन्द्रका आरोप लगाएअनुसार महिला स्वास्थ्यकर्मी विद्यादेवीले नवजात शिशुको एक—एक औला काटिदिइन् । यस लगतै शिशुको स्वास्थ्य अवस्था बिग्रन थाल्यो । तर, स्वास्थ्य केन्द्रले गर्भवती महिला र नवजात शिशुलाई डिस्चार्ज गरिदियो । अस्पतालबाट बाहिर आउने बितिकै शिशुको मृत्यु भयो ।
हरदोईका एसपी आलोक प्रियदर्शीले भने, ‘बच्चाका पिता रविन्द्रले स्वास्थ्यकर्मी विद्यादेवी विरुद्ध उजुरी दिएका छन् ।’ सिएमओका चिकित्सक एसके रावत भने बच्चाको औला काट्नका लागि परिवारको सहमति लिएको थियो कि भिएन भन्ने कुरा अनुसन्धान गरिनेछ । दोषी भेटिएमा सम्बन्धिक कर्मचारीलाई कारवाही हुनेछ ।
धेरै पढिएका
- १ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- २ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए
- ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’
- ४ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- ५ छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग
- ६ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस