२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ

नेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ


काठमाडौं–कलंकीस्थित नेपाल नेशनल अस्पतालमा तीन दिने फण्डामेन्टल क्रिटिकल केयर सपोर्ट ट्रेनिङ्ग (एफसीसीएस) संचालन भइरहेको छ । सोमबारबाट सुरु भएको सो कार्यक्रम बुधबारसम्म संचालन हुनेछ ।

सोसाइटी अफ क्रिटिकल केयर युएस, ग्लोबल अब्साटिकेयर युएस र नेपाल नेशनल अस्पतालको सहकार्यमा यो कार्यक्रम संचालन भएको हो । नेपालमा पहिलोपटक हेल्थ केयर मेडिसिन अमेरिकाको सर्टिफाइड एफसीसीएस कार्यक्रम आयोजना गरिएको नेशनल अस्पतालका निर्देशक डा. प्रकाश पौडेलले जानकारी दिए ।

कार्यक्रममा पहिलो एक दिन प्वाइन्ट अफ केयर अल्ट्रासाउण्ड सम्बन्धी तालिम दिइएको थियो भने मंगलबार र बुधबार एफसीसीएस कार्यक्रम संचालन भइरहेको छ ।

काठमाडौंका विभिन्न अस्पतालका ५० जना मेडिकल अधिकृत, विशेषज्ञ अध्ययन गर्दै गरेका चिकित्सक र क्रिटिकल केयरमा काम गरिरहेका चिकित्सकहरुको तालिममा सहभागिता रहेको छ ।

डा. पौडेलकाअनुसार यस कार्यक्रममा सहभागीहरु एफसीसीएस सर्टिफाइड चिकित्सक हुनेछन् । सो सर्टिफिकेट पाएपछि उनीहरुले यस सम्बन्धी एडभान्स कार्यक्रममा सहभागिताका लागि बाटो खुल्छ ।

कार्यक्रमको सहजीकरण क्रिटिकल केयर मेडिसिन युएसएको सर्टिफाइड ट्रेनर डा. जेनिस मन्जुले गरिरहेकी छन् । उनी यसै क्षेत्रमा २५ वर्षदेखि निरन्तर तालिमहरु दिइरहेकी छन् । त्यसैगरी, प्वाइन्ट अफ केयर अल्ट्रासाउण्डको प्रशिक्षकको रुपमा डा. मोनिका एब्लीनले गरिरहेकी छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ