२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्ययुएईमा ‘प्रिमेरिटल जेनेटिक टेष्ट’ अनिवार्य, यी हुन प्रिमेरिटल टेष्ट अनिवार्य गरिएका ७ देश

युएईमा ‘प्रिमेरिटल जेनेटिक टेष्ट’ अनिवार्य, यी हुन प्रिमेरिटल टेष्ट अनिवार्य गरिएका ७ देश


संयुक्त अबर इमिरेट्स (युएई) सरकारले स्वास्थ्यलाई लिएर एक ठूलो निर्णय गरेको छ । युएईका स्वास्थ्य विभागले ‘प्रिमेरियटल जेनेटिक टेष्ट’लाई अनिवार्य गरेको छ ।

यो नयाँ नियम १ अक्टोबर २०२४ बाट लागु हुनेछ । यो नियमअनुसार युएईमा विवाह गर्नुपूर्व जोडीलाई अनिवार्य जेनिटिक टेष्ट गर्नुपर्नेछ ।

युएई सरकारले यो फैसला आउने पिढीको हितका लागि लिएको हो । जोडीले यो टेष्ट विवाह पूर्व गर्नुपर्नेछ, ताकि मातापिताको जेनेटिक हेल्थ पत्ता लगाउन सकियोस् र बच्चामा कुनै जेनेटिक डिसअर्डर नहोस् । यो निर्णयले बच्चामा उपचार गर्न नसकिने जेनेटिक डिसअर्डरलाई रोक्न भूमिका खेल्नेछ ।

जेनेटिक बिमारी हेल्थकेयर सिष्टमका लागि लामो समयदेखि चुनौतीका रुपमा रहेको छ । यी रोगहरुमाथि अनुसन्धान हुँदैं गएपछि जेनेटिक रोगहरु भाग्य होइनन् भन्ने कुरा थाहा भयो । यिनीहरुको रोकथाम हाम्रै हातमा छ ।

यसका लागि दुनियाँमा कयौं देशहरुले नियम पनि बनाएका छन्, जहाँ विवाहभन्दा पहिले प्रिमेरिटल जेनेटिक टेष्ट अनिवार्य गरिएको छ । यो नियम त्यस्ता देशहरुमा छ जहाँ यसप्रकारका बिरामीको अनुपात एकदमैं बढी थियो ।

प्रिमेरिटल जेनेटिक टेष्ट अनिवार्य गरिएका देश

साइप्रस—१९७३ देखि लागु
इटली—१९७५ देखि लागु
ग्रीस—१९७५ देखि लागु
टर्की—१९९५ देखि लागु
जोर्डन—२००४ देखि लागु
साउदी अरब—२००४ देखि लागु
बहराइन—२००५ देखि लागु

के हो जेनेटिक टेष्ट ?

जेनेटिक टेष्ट एक प्रकारको मेडिकल टेष्ट हो । यसको माध्यमबाट जीन, क्रोमोजोम वा प्रोटीनमा भएका परिवर्तनहरु पत्ता लगाइन्छ । यसको रिजल्टबा तीन ठूला चीजहरुको जानकारी पाइन्छ ।
—कुनै व्यक्तिको कुनै संदिग्ध जेनेटिक कन्डिसन छ वा छैन ।
—भविष्यमा जेनेटिक डिसअर्डर विकसित हुने आशंका कत्ति छ ।
—कुनै व्यक्तिमार्फत बच्चामा जेनेटिक डिसअर्डर आउने सम्भावना छ ।

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ