२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यसफल हस्पिटल ११ औं वर्षमा

सफल हस्पिटल ११ औं वर्षमा


ललितपुर— ग्वार्कोस्थित सफल हस्पिटल ११ औं वर्षमा प्रवेश गरेको छ । एक दशकअघि सफल हेल्थ होमका नामबाट सेवा दिन सुरु गरेको सफल ११ औं वर्षमा आइपुग्दा १५ शैय्याको हस्पिटल बनेको छ ।

सफल हस्पिटलका अध्यक्ष अकुं. विशाल श्रेष्ठकाअनुसार १० वर्षअघि सफल हेल्थ होमले ५—६ जना कर्मचारीसहित तीन वटा कोठाबाट अंकुपञ्चर र फिजियोथेरापीको ओपीडी सेवा सुरु गरेको थियो । व्यवस्थापन र कर्मचारीको अथक प्रयासमा सफल हेल्थ होमले निरन्तर सेवा प्रवाहसँगै सेवा विस्तारमा गर्दै गयो । जसका कारण १० वर्षेमै यसले आफूलाई हेल्थ होमबाट हस्पिटलमा स्तरोन्नती गर्न सफल भएको छ ।

११ औं वर्षमा आइपुग्दा अस्पतालले १५ शैय्याको सफल हस्पिटलमार्फत आवासीय सेवा समेत दिन थालेको छ । अहिले अस्पतालमा अंकुपञ्चर, फिजियोथेरापी, आयुर्वेद, मानसिक रोग, मेडिटेसन, ड्रेसिङ सेवा, स्पीच थेरापी, प्रोटेस्थीस अर्थोसिस सेवा उपलब्ध गराउँदैं आएको छ ।

‘हामीले बिरामी भर्ना, २४ सैं घण्टा नर्सिङ केयर सेवा दिइरहेका छौं,’ अध्यक्ष श्रेष्ठ भन्छन् । अहिले सफल हस्पिटलमा धेरैजसो टाउको दुख्ने, माइग्रेन, इन्जाइटी, निन्द्रा नलाग्ने समस्या भएका, नसा च्याप्पिएका, जोर्नी दुख्ने, घुँडा र कम्मरको दुखाइ भएका बिरामीहरुले सेवा लिदैं आएका छन् । त्यसबाहेक हस्पिटलले प्यारालाइसिस र ट्रमेटिक ब्रेन इन्ज्युरी भएर हातखुट्टा नचल्ने बिरामीलाई भर्ना गरेर २४ सैं घण्टा नर्सिङ केयरसहितको न्यूरो रिह्याबिलिटेसन सेवा पनि उपलब्ध गराउँदैं आएको छ । बुटिक होलटलजस्तो लाग्ने सफल हस्पिटल छिर्दा नेवारी कल्चर झल्किन्छ भने सानो पुस्तकालय, म्युजिक, ठूलो एक्युरियममा माछापालन र प्राकृतिक सुन्दर झल्किने आकर्षण भित्ताहरु मोहक देखिन्छन् ।

सफल हस्पिटल अहिले आफ्नै २ रोपनी क्षेत्रफलको अत्याधुनिक संरचनासहितको भवनबाट सेवा प्रवाह गर्दै आएको छ । हस्पिटलमा अहिले डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारीसहित ३० जनाभन्दा कर्मचारी कार्यरत छन् । सफल समूहले यो अवधिमा सुकेधारामा सफल उपचार केन्द्र र बागडोल एकान्तकुनामा सफल हार्ट एण्ड डाइबटिज सेन्टर गरी दुई वटा शाखा समेत संचालनमा ल्याएको छ ।

अध्यक्ष श्रेष्ठले भविष्यमा सफल वेलनेस युनिट संचालन गर्ने तयारी अगाडि बढेको बताए । ‘अब हामी चाँडै सफल वेलनेस युनिटको सुरुवात गर्दैछौं,’ उनले भने, ‘जसमा फिजियो सोम्याटीक डिसअर्डर, मेडी स्पा, स्टीम, साउना, डिटोक्स थेरापी, योगा र मेडिटेसनलगायतका सुविधा हुनेछन् ।’ यसबाहेक सफल हस्पिटल अझ आफ्ना सेवाहरु गुणस्तरीय र प्रभावकारी रुपमा आम नागरिकमाझ पु¥याउने कुरामा विशेष जोड दिदैं आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ