२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना

नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना


काठमाडौं—नेशनल न्यूरो सेन्टर र भाइब्रेन्ट लाइफ फिजियोथेरापी एण्ड रिहाबिलिटेसन सेन्टरले संयुक्त रुपमा सानिमा जिआइसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना प्रदान गरेको छ ।

आइतबार वर्ल्ड फिजियोथेरापी डेको अवसरमा ‘लो ब्याक पेन एण्ड फिजियोथेरापी’ अवधारणाअन्तर्गत सानिमाका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना प्रदान गरिएको हो ।

नक्सालस्थित सानिमा जिआईसी इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा भएको उक्त सचेतनामूलका कार्यक्रममा सानिमाका ५६ जनाभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा दिनभरी टेबलमा काम गर्ने मानिसहरुमा आउन सक्ने स्वास्थ्य सम्बन्धि समस्या र पछिल्लो भाग दुखाइलाई कसरी कम गर्न सकिन्छ भन्ने बारे जानकारी दिइएको थियो । जसमा नेशनल न्यूरो सेन्टरकी डा. मटिना मानन्धरले प्रयोगात्मक रुपमा कर्मचारीहरुलाई फिजियो सम्बन्धि जानकारी दिएकी थिइन् ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई दैनिक कार्यालयमा निरन्तर कुर्सीमा बसेर काम गर्दा कस्ता अभ्यास गर्ने भन्ने टिप्स उल्लेख गरिएको पम्प्लेटसमेत वितरण गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ