२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यदक्षिण अमेरिकामा ‘ओरोपोच भाइरस’को संक्रमण बढ्दैं, जनस्वास्थ्य विज्ञहरू चिन्तित

दक्षिण अमेरिकामा ‘ओरोपोच भाइरस’को संक्रमण बढ्दैं, जनस्वास्थ्य विज्ञहरू चिन्तित


अहिले संसारमा दुई भाइरसको चिन्ता छ । एउटा मकीपक्स भाइरस जसको नयाँ एमपक्स पनि छ अर्को ओरोपोच भाइरस । यसलाई स्लोथ फिभर पनि भनिन्छ ।

एमपक्स अफ्रिकाका धेरै हिस्सालाई आफ्नो चपेटामा लिएपछि अन्य देशहरुमा पनि फैलिइरहेको छ । ओरोपोच भाइरस भने अमेरिकालगायतका देशहरुमा तीब्र रुपमा फैलिइरहेको छ । ओरोपोचले स्वास्थ्य विज्ञहरुको चिन्ता समेत बताएको छ ।

केही समयअघिसम्म ओरोपोच भाइरस अज्ञान बिमारीजस्तै थियो । किनभने यसको दायरा एकदमै सिमित थियो । यो बिमारी मुख्यतयाः दक्षिण अमेरिकाको अमेजनको आसपासका इलाकामा फैलिन्थ्यो ।

सन् २०२३ को अन्तिमतिरबाट यो भाइरसमा केही जेनेटिक बदलाव आयो र अब यो आफ्नो सामान्य सीमाभन्दा टाढा पनि फैलिइन सुरु भइसकेको छ ।

दक्षिण अमेरिकामा यो वर्ष १ अगष्टसम्म यो भाइरसका ८ हजार केस देखिइसकेका छन् । साथै, यो बिमारी युरोपका कयौं देशहरुमा पनि फैलिइरहेको छ ।

अहिलेसम्म एसियाली देशहरुमा यो भाइरस केसहरु नदेखिएपनि जनस्वास्थ्य विज्ञहरुले यसबाट सावधान रहन सल्लाह दिएका छन् । कयौं अध्ययन र अनुसन्धानपछि पनि ओरोपोच भाइरस अहिले धेरै कुराहरु भन्न मुश्किल छ । त्यही कारण यसलाई रहस्यमय भाइरस पनि भनिन्छ ।

ओरोपोच एक भाइरल संक्रमण हो, जुन मिड्ज वा लामखुट्टेले टोकेका कारण फैलन्छ । मिड्ज एक प्रकारको सानो किरा हो, जो माखा वा लामखुट्टेको प्रजातिमा पर्दैन् । यो अहिले मध्य र दक्षिण अफ्रिकामा आम बनेको छ । अहिले क्युबामा पनि यसको संक्रमण तीब्र रुपमा बढिरहेको पाइएको छ ।

ओरोपोच भाइरसका कारण ज्वरो, शरीर दुख्नेसहित फ्लूकाजस्ता लक्षणहरु देखिन्छन् । अधिकांश मानिसलाई यसका कारण गम्भीर समस्या सामना गर्नुपर्छ । केही मानिसहरुमा यसका कारण मस्तिष्क सुजनको समस्या पनि हुन सक्छ ।

यसको लक्षणहरुमा ज्वरो, चिसो लाग्नु, कडा टाउको दुखाइ, मांसपेसी र जोर्नीहरुको दुखाइ हुने हुन्छ । गम्भीर लक्षणका रुपमा चक्कर आउनु, आँखा दुख्नु, गर्धनमा अडकन, सी सिकनेस र वान्ता हुनु, भ्रम वा मानसिक स्थितीमा परिवर्तन हुनु र प्रकाशप्रति संवेदनशील (फोटोफोबिया) हुने हुन्छ ।

ओरोपोच भाइरस कहिलेकाही इन्सेफ्लाइटिस र मेनिजाइटिसको कारण पनि बन्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । गर्भवती महिलामा यो भाइरस संक्रमण भएमा गर्भपात, स्टील वर्थ, माइक्रोसेफली, गर्भावस्थामा बच्चाको मस्तिष्क विकासमा अवरोध गर्न सक्ने हुन्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ