२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यसुर्य नेपालको मुख्य प्रायोजनमा हुने लिटेररी फेस्टिवलको विरोध

सुर्य नेपालको मुख्य प्रायोजनमा हुने लिटेररी फेस्टिवलको विरोध


काठमाडौं–कालिङ्गा लिटेररी फेस्टिवल–२०२४ कानुन विपरित सूर्ति उद्योगको मुख्य प्रायोजक रहेको भन्दै सारेकारवाला संस्थाहरुले विरोध जनाएका छन् ।

मंगलबार सूर्तिजन्य पदार्थ विरुद्ध काम गरिरहेको संस्था एक्सन नेपालले विज्ञप्ती जारी गर्दै कानुन विपरित सूर्ति उद्योगको प्रायोजनमा हुन लागेको कार्यक्रममा सहभागी नहुन साहित्यकार तथा आम समुदायलाई अपिल गरेको छ ।

विज्ञप्तीमा विश्वले सूर्ति उद्योगलाई अपराधी उद्योगको रुपमा लिएको भन्दै नेपालमा भने कमजोर राजनीतिक अवस्थामाथि सूर्ति उद्योगले खेलेर आम जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भनिएको छ ।

एक्सन नेपालले वर्षको ३७ हजार नेपालीको ज्यान लिने सूर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीको प्रायोजनमा हुन लागेको कार्यक्रममा कानुनी प्रावधान आफ्नो सामाजिक उत्तरदायित्व प्रति सचेत रहन सबैमा अपिल गरेको छ ।

‘अपराधी उद्योगको ब्यानरका मुनी कुनै पनि प्रकारको कार्यक्रम आयोजना नगर्न वा त्यसमा सामेल नहुन सार्वजनिक निकायका व्यक्तित्व, लेखक, पत्रकार र सरोकारवालको ध्यानाकर्षण गराउन चाहन्छु,’ विज्ञप्तीमा उल्लेख छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ