२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा

महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थीहरु समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोट पुगेका छन् । ११ भदौंमा क्याम्पसमा एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरु नुवाकोटको बेलकोटगढी नगरपालिका–९ पुगेका हुन् ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले एक महिनासम्म त्यहाँको भौगोलिक, समाजिक तथा स्वास्थ्य अवस्था बुझ्नेछन् । विद्यार्थीहरुले स्थानीय वासिन्दाहरुको सहयोगमा श्री महादेव विद्यालयको प्राणंगणमा सो वडाको सामाजिक नक्सासमेत तयार पारेको विद्यार्थी श्रद्धा बस्नेतले जानकारी दिइन् ।

‘अहिलेसम्म पनि वडाको सामाजिक नक्सा बनिसकेको थिएन,’ उनले भनिन्, ‘हामीले तयार पारेको नक्साले स्थानीय वासिन्दा तथा विद्यार्थीहरुलाई त्यहाँको सामाजिक तथा भौगोलिक संरचना बुझ्न थप सहयोग पुग्ने विश्वास छ ।’

महाराजगंज क्याम्पसको समुदाय स्वास्थ्य निरुपण समूह ९ मा बस्नेतसँगै जलज प्रजापति, अंकित झा, मेहबुब आलम, समृद्धि डुम्रे, सरुना भट्ट, मेगना सिंह र विजय सुनार रहेका छन् । हाल उनीहरुले घर—घरमा पुगेर आर्थिक, सामाजिक र पारिवारिक विवरण संकलन गरी त्यहाँको स्वास्थ्य अवस्था बुझ्ने कार्य अगाडि बढाइरहेका छन् ।

स्वास्थ्य समस्या बुझेर निकट भविष्यमा माइक्रोहेल्थ प्रोजेक्ट संचालन गरेर सकारात्मक परिवर्तन ल्याउने योजना रहेको बस्नेतले जानकारी दिइन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ