पछिल्लो एक दशकमा दैनिक जीवनमा फोन प्रयोग एकदमै तीब्र गतिमा बढेको छ । यसबाट हाम्रो मानसिक स्वास्थ्यमा हुने खराब प्रभावमध्ये एक ‘डिजिटल डिमेन्सिया’को जोखिम तीब्र रुपमा बढिरहेको पाइएको छ ।
‘डिजिटल डिमेन्सिया’ अत्याधिक समय स्मार्टफोन प्रयोग गर्दा दिमागमा हुने नकारात्मक परिवर्तनको वर्णन गर्छ । यसमा फोनमा लगातार कयौं प्रकारका सामाग्री स्क्रोल गर्ने, पढ्ने, देख्ने र यी सबै जानकारीलाई सम्झिने वा संशोधन गर्ने कोशिसका कारण याद गर्ने क्षमतामा कमी, एकाग्रता र सिक्नेको क्षमतामा कम हुने सामेल छन् ।
‘डिजिटल डिमेन्सिया’ जर्मन न्यूरोसाइन्टिष्ट तथा मनोचिकित्सक मैनफ्रेड स्पीट्जरद्वारा सन् २०१२ मा प्रयोगमा ल्याइएको हो । अहिलेसम्म ‘डिजिटल डिमेन्सियाको आधिकारिक रुपमा कुनै निदान तथा उपचार छैन । जर्नल फ्रन्टियर्स इन साइकोलोजीमा प्रकाशित एक अध्ययनले अत्याधिक स्क्रीन समय, विशेषगरी बालिबालिका र किशोर-किशोरीहरुमा ध्यानको अवधि कम हुने, भावनात्मक पक्षमा कमी र मेमोरी रिटेन्सनमा कठिनाइसँग जोडिएको छ ।
बेलायतमा सन् २०२३ मा गरिएको उक अध्ययनअनुसार दिनमा ४० घण्टाभन्दा बढी समय स्क्रीन टाइम हुँदा भ्यास्कुलर डिमेन्सिया अथवा अल्जाइमरको जोखिम बढ्न सक्छ । भास्कुलर डिमेन्सिया मस्तिष्कमा रगत प्रवाह कमीका कारण हुने गर्छ । यसले मस्तिष्कका कोषिकाहरुलाई नोक्सान पुर्याउँछ र अन्ततः त्यसलाई नष्ट गरिदिन्छ ।
विज्ञहरुले स्क्रीन टाइम कम गर्नका लागि नोटिफिकेसन कम गर्न, ध्यान केन्द्रीत गर्नका लागि अन्य चीजहरु खोज्न र फोनको प्रयोग गर्ने समयसीमा तोक्न सुझाव दिएका छन् ।
-एजेन्सीको सहयोगमा