२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्य१७ देशमा देखियो एमपक्स, एसियाली तीन देशमा संक्रमण पुष्टि

१७ देशमा देखियो एमपक्स, एसियाली तीन देशमा संक्रमण पुष्टि


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले इमर्जेन्सी घोषणा गरेको एमपक्सको संसारका १७ देशमा फैलिएको पाइएको छ । अलजजिराकाअनुसार दक्षिण अफ्रिकाका १४ देशमा एमपक्सका नयाँ भेरियन्ट क्लेड १वी स्टेन देखिएको छ ।

सन् २०२३ मा क्लेड १वी भेरियन्ट सबैभन्दा पहिले डेमोक्रेटिक रिपब्लिक अफ द कंगो फेला परेको थियो । अहिलेसम्म सबैभन्दा धेरै एमपक्सका केसहरु कंगोमा १३ हजार ७९१ देखिएका छन्, जसमध्ये ४५० जनाको मृत्यु भइसकेको छ ।

यसैगरी, क्यामरुनमा ३५ जनामा एमपक्स पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

एसियाका तीन देश पाकिस्तान, फिलिपिन्स र थाइल्याण्डमा पनि एमपक्सका एक÷एक केस पुष्टि भएका छन् ।

एमपक्स देखिएका १७ देश

अफ्रिका
डेमोक्रेटिक रिपब्लिक अफ कंगो (१३७९१ संक्रमण÷४५० मृत्यु)
सेन्ट्रल अफ्रिका रिपब्लिक (२१३ जनामा संक्रमण)
गणतन्त्रण कंगो (१४६ जनामा संक्रमण, १ जनाको मृत्यु)
क्यामरुन (३५ जना संक्रमण, २ जनाको मृत्यु)
आइभरी कोष्ट (२८ जनामा संक्रमण, १ जनाको मृत्यु)
नाइजेरिया (२४ जनामा संक्रमण)
साउथ अफ्रिका (२२ जनामा संक्रमण, ३ जनाको मृत्यु)
बुरुण्डी (८ जनामा संक्रमण)
लाइबेरिया (५ जनामा संक्रमण)
घाना (४ जनामा संक्रमण)
युगाण्डा (४ जनामा संक्रमण)
रुवाण्डा (२ जनामा संक्रमण)
केन्या (१ जनामा संक्रमण)
मोजाम्बिक (१ जनामा संक्रमण)

एसिया
पाकिस्तान ( १ जनामा संक्रमण)
फिलिपिन्स (१ जनामा संक्रमण)
थाइल्याण्ड (१ जनामा संक्रमण)

 

 

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ