२०८१ पुस १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यबी एण्ड बी अस्पतालले सुरुवात गर्‍यो रोबोटिक शल्यक्रिया

बी एण्ड बी अस्पतालले सुरुवात गर्‍यो रोबोटिक शल्यक्रिया


ललितपुर—बी एण्ड बी अस्पतालले रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । बी एण्ड बीले अत्याधुनिक प्रविधीबाट रोबोटिक शल्यक्रियाको सुरुवातले गरेको जनाएको छ ।

‘यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउँछ, रिकभरी समय कम गर्छ र बिरामीका लागि छिटो स्वास्थ्य लाभ हुन्छ,’ अस्पतालले भनेको छ, ‘उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको छ ।’

बी एण्ड बी अस्पतालका प्रा. डा. जगदीशलाल वैद्यले आफूहरुले नेपालमा रोबटिक शल्यक्रिया गर्ने पहिलो अस्पताल रहेको दावी गरे । ‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौं । यो नवीन प्रविधी हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो,’ डा. वैद्यले भने, ‘रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ । यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ ।’

रोबोटिक शल्यक्रियाको सुरुवातले संस्थाको निरन्तर सुधार र चिकित्सा प्रविधिमा अत्याधुनिकता अपनाउने प्रतिबद्धतालाई दर्शाउने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ