२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकाठमाडौंको वौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा

काठमाडौंको वौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा


काठमाडौं—काठमाडौंको वौद्ध पिपलबोटमा अन्नपूर्ण मल्टीस्पेसियलिटी डेन्टल सेन्टर सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमबीच सांसद ज्ञानेन्द्र शाहीको डेन्टल सेन्टरको उद्घाटन गरेका हुन् ।

युवा व्यवसायी सागर जोशीसहितको टिमले संचालनमा ल्याएको उक्त डेन्टल सेन्टरमा झण्डै २ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । सेवा सुरु गरेको अवसर पारेर सेन्टरले एक महिनासम्म निःशुल्क चेकजाँच र दाँत सफाको व्यवस्था गरेको छ । सेन्टलरले आफ्ना हरेक सेवामा ५० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।

दन्त चिकित्सा क्षेत्रमा एक दशक बिताएका सागर जोशीको समूहले तेस्रो शाखाको रूपमा अन्नपूर्ण सञ्चालनमा ल्याएको हो। जसका सिस्टर दाँत उपचार केन्द्रहरू बानेश्वर, अनामनगर रसोह्रखुट्टे बालाजुमा रहेका छन् ।

अन्नपूर्ण मल्टीस्पेसियलिटी डेन्टल सेन्टरमा दाँत र मुखसँग सम्बन्धित सम्पूर्ण सेवाहरू उपलब्ध रहेको जोशीले जानकारी दिए । ‘दाँत सफा गर्ने, दाँत भर्ने, दाँत राख्ने, दाँत मिलाउने, दाँत प्रत्यारोपण गर्ने, दाँतमा खोल राख्नेदेखि अन्य सम्पूर्ण सेवाहरू नयाँ सेन्टरमा उपलब्ध छन्,’ उनले भने ।

अत्याधुनिक डेन्टल चेयर, डिजिटल ल्याब, स्टेरिलिसेसन मेसिन, एक्सरे मेसिनलगायतका अत्याधुनिक उपकरण तथा सामग्रीमार्फत सेन्टरले सेवा दिने उनले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ