२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यसंसारभरका २८ करोड मानिस डिप्रेशनको शिकार

संसारभरका २८ करोड मानिस डिप्रेशनको शिकार

लक्षण बिना रोकिएर काम गर्नु, सहकर्मीसँग दूरी र कामप्रतिको रुचि गुमाउनु


अमेरिकामा कार्यस्थलमा मेन्टल हेल्थ एक गम्भीर मुद्धा बनिरहेको पाइएको छ । द कन्फ्रेन्स बोर्डको एक सर्वेअनुसार काम गर्ने तरिका र दबाब कारण अमेरिकामा ३५ प्रतिशत कर्मचारी डिप्रेशनका शिकार छन् ।

तर, यति तपाईं कार्यस्थलमा डिप्रेशनबाट ग्रुजिरहनुभएको छ भने तपाई एक्लै हुनुहुन्न संसारभर २८ करोड मानिस विभिन्न कारणले डिप्रेशनको शिकार भएका छन् ।

कार्यस्थलमा हुने डिप्रेसनका केही लक्षण तुरुन्त थाहा पाइन्छ तर कयौं यस्ता लक्षण पनि हुन्छन् जसलाई सामान्य मानेर नजरअन्दाज गरिन्छ । यसमा काम गर्ने बानी पनि सामेल छ । काम गर्ने बानीबाट समेत डिप्रेशनको लक्षण थाहा पाउन सकिन्छ ।

बिना रोकावट काम गर्नु र घर जान मन नगर्नुलाई कार्यस्थलमा हुने डिप्रेसनको एउटा लक्षणका रुपमा हेरिएको छ । काममा डुबेर व्यक्तिगत समस्याबाट बच्न खोज्नु डिप्रेशनको संकेत हुन सक्छ ।

यस्तै, सहकर्मीहरुसँग दूरी बनाउनुलाई पनि डिप्रेशनको अर्को संकेतमा रुपमा लिइएको छ । मिलनसार व्यक्त सहकर्मीसँग दूरी बनाउने र बैठकहरुमा भाग नलिने गर्न थालेमा यो पनि डिप्रेशनको संकेट हुन सक्छ । सहकर्मीसँगको दूरी कार्यक्षमतालाई प्रभावित गर्छ र यसले एक्लोपन महसुस गराउन सक्छ ।

काममा रुचि नहुन पनि कार्यस्थलमा हुने डिप्रेसनको अर्को संकेत हुन सक्छ । काम गर्ने रुचि हराइसकेको छ, स्क्रीनमा केवल नजरमात्रै लगाइरहनुभएको छ र महत्वपूर्ण कार्यलाई नजरअन्दाज गरिरहनुभएको छ भने यो पनि डिप्रेशनको लक्षण हुन सक्छ । जब कामप्रति रुचि गुम्छ, त्यसले उत्पादकत्व कम हुन्छ र आफ्नो कामलाई टाल्न सुरु हुन्छ ।

यसैगरी, समयमा कामलाई पूरा गर्न नसक्नुलाई पनि कार्यस्थलमा हुने डिप्रेसनको शिकार हुन सक्छ । ढिलो अफिस आउनु, टाइम म्यानेजमेन्टको समस्या, केन्द्रीत हुन नपाउनु र कामप्रति उदासिनताजस्ता कुराहरुले पनि मेन्टल हेल्थमाथि ध्यान दिन जरुरी रहेको देखाउँछ ।

मनोचिकित्सक गार्सियाकाअनुसार कार्यस्थलमा डिप्रेशनको लक्षण आफूमाथि हावी हुनुभन्दा पहिले त्यसलाई पहिचान गरेर चिकित्सकसँग परामर्श गर्न जरुरी छ । यो समस्यालाई समाधान गर्नु व्यक्तिगत र पेशागत जीवन दुवैका लागि महत्वपूर्ण हुन्छ । कम्पनीहरुले पनि यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ । डिप्रेशनलाई पहिचान गर्नका लागि स्क्रीनिङ कार्यक्रम र जागरण अभियान चलाउनुपर्छ । ताकि कर्मचारीहरु आफ्नो मानसिक स्थितीलाई सम्झन सकून ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ