२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. रमेशसिंह भण्डारीले ल्याए बालापनको झल्को दिने गीत ‘एउटा जीवन…’

डा. रमेशसिंह भण्डारीले ल्याए बालापनको झल्को दिने गीत ‘एउटा जीवन…’


काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीका श्वरमा आठौं गीत ‘एउटा जीवन..’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । चिकित्सा कर्मसँगै संगीत कर्ममा निरन्तर लागिरहेका डा. भण्डारीले बालापनको प्यास मेटाउने गीत आफ्नो युट्युबमार्फत शुक्रबार सार्वजनिक गरेका हुन् ।

डा. प्रकाश पौडेलको रचना रहेको उक्त गीतमा डा. भण्डारीको श्वर, संगीत र म्युजिक रहेको छ । गीतको म्युजिक एरेन्जमेन्ट/मिक्स माष्टर प्रदीप जोशी रहेका छन् ।

गीतमार्फत बाल कलाकारमा रुपमा वैभवसिंह भण्डारीले अभिनय गरेका छन् । वैभव डा. भण्डारीका छोरा हुन् । गीतको म्युजिक भिडियोमा रिभा सिंह भण्डारी र डा. विन्देश्वरी काफ्ले भण्डारीको विशेष उपस्थिती रहेको छ भने बाल कलाकारमा रुपमा अभिग श्रेष्ठ र आरभ श्रेष्ठले अभिनय गरेका छन् ।

अनिल के मानन्धरको निर्देशक र क्यामरा रहेको उक्त म्युजिक भिडियोको सम्पादन सिलान लम्सालले गरेका हुन् । म्युजिक भिडियोमा अविनास मानन्धरले ड्रोन चलाएका छन् ।

मेकअप आर्टिष्ट श्वेता मगर रहेकी छन् भने क्यामरा एसिस्टेन्ट मिसान सिबिरिगो रहेका छन् ।

डा. भण्डारीले यसअघि ‘मायालु भाका’, ‘कसरी भनुँ’, ‘किन होला’, तिम्रो नै माया’लगायतका गीत सार्वजनिक भइसकेका छन् ।




क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ