२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारत जाने बिरामीलाई नेपालमै सेवा दिन इन्दिरा आईभीएफ काठमाडौं संचालनमा ल्याइएको हो : डा. नेहा

भारत जाने बिरामीलाई नेपालमै सेवा दिन इन्दिरा आईभीएफ काठमाडौं संचालनमा ल्याइएको हो : डा. नेहा


काठमाडौं—बहुराष्ट्रिय आईभीएफ चेन इन्दिरा आईभीएफको नेपालकी क्लिनिक प्रमुख डा. नेहा हुमागाईले निःसन्तानपनको उपचारका लागि भारत जानुपर्ने बाध्यता हटाउन नेपालमै खोलिएको बताएकी छन् । शुक्रबार पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा उनले भारतका विभिन्न सहरमा रहेका इन्दिरा आईभीएफका शाखाहरुमा उपचार गर्न जानुपर्ने नेपालीहरुको बाध्यता अन्त्यका लागि काठमाडौंको पानीपोखरीमा इन्दिरा आईभीएफको नेपाल संचालनमा ल्याइएको जानकारी दिइन् ।

‘भारतमा जाने नेपाली बिरामीहरुलाई नेपालमै सेवा दिने उद्देश्यका साथ नेपालमा संचालनमा ल्याएका हौं,’ उनले भनिन्, ‘तर, अझै पनि धेरै नेपालीहरुले यो जानकारी पाउनुभएको छैन ।’

उनले आईभीएफबाहेक अन्य उपचारमार्फत पनि सन्तान दिने सकिने बताइन् । उनले इन्दिरा आईभीएफको सफलता दर ७४ प्रतिशत रहेको उल्लेख गर्दै नेपालको सफलता दर ८५ प्रतिशत भएको बताइन् । ‘यो सबै नेपालको टिमवर्क र टेक्नोलोजीले सम्भव भएको हो,’ डा. नेहाले भनिन् । इन्दिरा आईभीएफको नेपालमा धेरैजसो अन्यत्र गरेर असफल भएका केसहरुको आइरहेको उनले सुनाइन् ।

इन्दिरा आईभीएफ क्लोज वर्किङ च्याम्बर मेसिन, कोल्ड चेन मेन्टेन, मिस म्याच हटाउन इलेक्ट्रोनिक्स विटनेश टेक्नोलोजीजस्ता प्रविधीहरु आफूहरुले प्रयोगमा ल्याइएको जानकारी दिइन् । ‘क्लोज वर्किङ च्याम्बर मेसिन सफलता दरको मुख्य कारण हो,’ उनले थपिन् ।

उनले पुरुषमा वैदेशिक रोजगारीमा क्रममा गर्मी ठाउँमा बढी एक्स्पोज हुने कारणले वीर्यमा नकारात्मक प्रभाव परेका कारण निःसन्तानको समस्या बढेको बताइन् । महिलामा भने प्रयास गर्दागर्दै उपचार आउन ढिलो भइसकेको अवस्था आफूहरुले पाएको उनको भनाइ थियो । ‘प्रयास गर्दागर्दै कतिपय महिला उपचारमा आउँदा एग रिजर्भेसन सकिसकेको हुन्छ,’ उनले भनिन् । त्यसबाहेक अहिलेको जीवनशैली, ढिलो विवाह, ध्रुमपान र मद्यपानजस्ता कारणहरुले पनि प्रजनन स्वास्थ्यमा गम्भीर असर परिरहेको उनको भनाइ थियो ।

इन्दिरा नेपालमा संचालनमा आएको ६ महिनाको अवधिमा प्रजनन सम्बन्धि सेवा एक हजार बढीले लिइसकेका छन् । सन् २०११ मा भारतको उदयपुरमा पहिलो पटक स्थापना भएको इन्दिरा आईभीएफको अन्तर्राष्ट्रिय चेनका रूपमा नेपालमा पहिलो हो ।

भारतभर भने यसका १३० वटा सेन्टरहरु छन् । ६ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको इन्दिरा आईभीएफले आईभीएफ र प्रजनन सम्बन्धि उपचारसँगै वौद्धिक, अनुसन्धानमूलक र सचेतनामूलक कामहरु पनि गर्दै आएको छ । डा. हुमागाईले इन्दिरा आईभीएफको नेपालले धनगढी, सुर्खेत, बुटवल, वीरगन्ज, जनकपुर, विराटनगर, पोखरा, इलामलगायतका १० वटा सहरहरुमा जनचेतनामूलक कार्यक्रम पनि संचालन गरिसकिएको बताइन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ