२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यरामप्रसाद न्यौपानेलाई सुदर्शन देवकोटा स्मृति पुरस्कार

रामप्रसाद न्यौपानेलाई सुदर्शन देवकोटा स्मृति पुरस्कार


काठमाडौं—सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट नेपाली हेल्थडटकमका सम्पादक रामप्रसाद न्यौपाने पुरस्कृत भएका छन् । स्वास्थ्य पत्रकारिताका माध्यमबाट उलेख्य योगदान पु¥याएको भन्दै न्यौपानेलाई सो पुरस्कार प्रदान गरिएको हो ।

वरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा खोलिएको शारदा सुदर्शन देवकोटा फाउन्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित सो पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ साथै सम्मान पत्र रहेको छ ।

काठमाडौंमा शनिबार आयोजित विशेष समारोहमा न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, फाउण्डेशनका अध्यक्ष डा. सुधा देवकोटा र मञ्चका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै कोशीका पूर्व मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रका लागि स्वास्थ्य पत्रकारिताको विशेष महत्व रहेको चर्चा गर्दै पत्रकारहरुले यसलाई बुझेर अघि बढ्न सुझाव दिए । उनले एक जना चिकित्सकले गल्ती गर्दा एक जना बिरामीलाई असर गर्ने तर एक जना स्वास्थ्य पत्रकारले एउटा बाक्यमा गल्ती गर्दा लाखौं करोडौंलाई असर गर्न सक्ने भन्दै संवेदनशील हुन आग्रह गरे ।

उनले शारदा सुदर्शन देवकोटा फाउण्डेशनले स्वास्थ्य पत्रकारहरुलाई सम्मान गर्ने थालनी गरेकोमा खुशी व्यक्त गर्दै यसले पत्रकारहरुलाई प्रोत्साहन तथा सकारात्मक उर्जा प्रदान गर्न मद्धत मिल्ने बताए ।

कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष डा. देवकोटाले आफ्नो बाबा पत्रकार रहेको र पत्रकारिता सम्मानित पेशा हो भन्ने आफूहरुलाई बुझाएको भन्दै बुवाको सम्झनामा मञ्चसँग जोडिएको बताई.न् । ‘आज म छु बुवाकै कारण छु , उहाँले पत्रकारिता सम्मानित पेशा हो भनेर हामीमा छाप छोडेर जानुभयो । त्यसैले उहाँको सम्मानमा हामी छोराछोरीले पत्रकारितासँग कुनै न कुनै रुपमा जोडिएका हौं,’ उनले भनिन् । उनले पुरस्कारबाट स्वास्थ्य पत्रकारितामा थप निखारता आउने विश्वास गरिन ।

कार्यक्रममा पाटन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति प्रा.डा. संगीता भण्डारीले फाउण्डेशन र मञ्च मिलेर गरेको काम उदाहरणीय भन्दै यसलाई थप परिस्कृत गर्दै लैजानु पर्ने बताइन् । उनले आगामी दिनमा स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि समेत फाउण्डेशन र मञ्चले काम गर्न सक्ने बताइन् ।

यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रोजिना प्रधान राईले फाउण्डेशन र मञ्चको सहकार्यलाई अन्तर्राष्ट्रिय रुपमा पनि लैजान सकिने बताइन् । उनले स्वास्थ्य सचेतनामा मञ्च र स्वास्थ्य स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै एनआरएन पनि अभियानमा जोडिन सकिने बताइन् ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्यमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने कार्यमा फाउण्डेशनसँग सहकार्य गरेको भन्दै भविष्यमा यसको दायरा अझ फराकिलो बनाई अघि बढ्ने बताए ।

कार्यक्रममा पुरस्कृत पत्रकार न्यौपानेले सम्मान तथा पुरस्कारले पत्रकारहरुमा थप हौसला र उत्प्रेरणा जाग्ने भन्दै आफूलाई छनौट गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ