२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यओखती सोलुसनले ल्यायो ‘ओखती हेल्थ’ एप

ओखती सोलुसनले ल्यायो ‘ओखती हेल्थ’ एप


काठमाडौं—ओखती सोलुसनले मोबाइलबाटै स्वास्थ्य सुविधाहरु प्रदान गर्नका लागि ‘ओखती हेल्थ’ एप ल्याएको छ । स्वास्थ्य सेवाको आधुनिक डिजिटल प्रणालीका रुपमा ‘ओखती डिजी हेल्थ’ एप ल्याइएको ओखती सोलुसनले जनाएको छ ।

‘स्वास्थ्य सेवा सुविधाहरुलाई सहज रुपमा उपलब्ध गराउनुका साथै स्वास्थ्य रेकर्डहरु डिजिटल रुपमा व्यवस्थापनका लागि यो एप उत्कृष्ट छ,’ ओखती सोलुसनका सुमित श्रेष्ठले भने, ‘यो स्वास्थ्य एपको आगमनले चिकित्सा सेवामा सरल, सुविधायुक्त र सहज पहुँच हुनेछ ।’

ओखती हेल्थ एन्ड्रोइड एप्लीकेसन हो । ओखती सोलुसनकाअनुसार ओखती हेल्थ बिरामी र स्वास्थ्य प्रदायकबीचका खाड्ललाई कम गर्नका लागि ल्याइएको हो । ‘यसले मानिसहरुलाई समयमै चिकित्सा हेरचाहका लागि पहुँच स्थापित गर्न, बिरामीको स्वास्थ्य रेकर्डहरु प्रबन्ध अनलाइनमा सहजै गर्न सुव्यवस्थित रुपमा यो एप बनाइएको छ,’ श्रेष्ठले थपे ।

ओखती हेल्थमा अपोइन्टमेन्ट बुकिङ, निर्वाध संचार, मेडिकल रेकर्डमाथि लाइफटाइम एक्सेसजस्ता फिचरहरु छन् । ओखती हेल्थको सबैभन्दा आकर्षक पक्ष यो पूर्ण रुपमा निःशुल्क हुनु हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ