काठमाडौं—भारतको राजधानी नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरु निर्माण गर्न लागेको जनाएको छ । आइतबार काठमाडौंमा प्लास्टिक सर्जरीसँग सम्बन्धित प्रविधीमा भएका पछिल्ला र उल्लेखनीय प्रगतीबारे दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
भारतमा बढ्दो आम्दानी र प्लाष्टिक सर्जरीप्रति बढ्दो जागरणका कारण कस्मेटिक र सौन्दर्य प्रक्रियाहरुमा देखिएका सम्भावना र अस्पतालले यस क्षेत्रमा गरेका उपलब्धीहरुबारे कार्यक्रममा जानकारी गराइएको थियो ।
अस्पतालका वरिष्ठ प्लाष्टिक, कस्मेटिक र रिकन्स्ट्रटीभ सर्जन डा. कुलदिप सिंहले इन्द्रप्रस्थ एपोलोमा दक्ष विशेषज्ञहरुको बढ्दो मागलाई पूरा गर्न अस्पतालले संचालन गरेका विभिन्न प्रशिक्षणसँग सम्बन्धी पहलहरुको गरेको बताए ।
‘बढ्दो माग र पहुँचसँगै डाक्टरहरुको नैतिक, योग्यता केन्द्रित तालिमसँगै उच्च गुणस्तरको उपचार प्रविधी उपलब्ध गराउन अस्पताल तयार रहेको छ,’ उनले भने ।
डा. सिंहले प्लाष्टिक सर्जरीमा अस्पतालले हासिल गरेका उपलब्धीबारे समेत जानकारी दिए। ‘विगत एक वर्षदेखि इन्द्रप्रस्थ एपोलो अस्पतालले कस्मेटिक र प्लाष्टिक सर्जरीका केही चुनौतपूर्ण केसहरुको सामना गरेको छ,’ उनले भने, ‘ती केसहरुलाई उच्च गुणस्तरको सुविधासहित सफलतापूर्वक सम्पन्न गरिएको छ ।’
उनले बिरामीहरुलाई सौन्दर्य र सौन्दर्य प्रक्रियाहरुमा सबैभन्दा उन्नत र न्यूनत्तम इनबेसिभ प्रविधीहरुमा पहुँच प्रदान गर्न पाउँदा आफूहरुलाई गौरव महसुुस भएको उल्लेख गरे । ‘चाहे हल्का टच अप होस वा परिवर्तनकारी काम, हामी नवीनतम प्रविधी प्रयोग गरेर हरेक कार्यमा नैतिक, सुरक्षा केन्द्रित दृष्ट्रिकोण लागु गर्छौ,’ डा. सिंहले थपे, ‘हाम्रो उद्देश्य सर्जिकल प्रक्रियामात्र पूरा गर्नु होइन् । बिरामीमा पूर्ण रुपमा आत्मविश्वास सिर्जना गर्नु पनि हो । हामी उनीहरुलाई आवश्यक सहयोग, मार्गनिर्देश र आवश्यक सूचना प्रदान गर्छौ ।’
उनले बिरामीको सबलीकरणलाई प्राथमिकता दिदैं र उनीहरुको पूर्ण हितलाई ख्याल गर्दै प्रत्येक व्यक्तिलाई अगाडि बढ्न सहयोग गर्न आफूहरु लागिरहेको बताए । ‘बिरामीहरुको जीवनका सबै पक्षमा अगाडि बढ्न प्रेरित गर्छौ,’ उनले भने ।
इन्द्रप्रस्थ अपोलो अस्पताल भारतको पहिलो जेसीआई मान्यता प्राप्त अस्पताल हो । यो दिल्ली सरकार र एपोलो अस्पताल इन्टरपाईज लिमिटेडको संयुक्त हो । सन् १९९६ मा अपोलो हस्पिटल ग्रुपले स्थापना गरेको तेस्रो सुपर स्पेशालिटी केयर अस्पताल हो । १५ एकडमा फैलिएको अस्पतालमा ३०० भन्दा बढी विशेषज्ञ, ७०० भन्दा बढी अपरेशन वेड, १९ अपरेसन थिएटर, १३८ आईसीयु वेड छन् ।