२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच

नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच


काठमाडौं—नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । आइतबार विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभागअन्तर्गत ओपीडी शुल्क र कानको श्रवण सम्बन्धी परीक्षण निःशुल्क गरेको कलेजले जनाएको छ ।

निःशुल्क श्रवण परीक्षण तथा नाक कान घाँटी सम्बन्धी ओपीडीमा ९७ जनाले सेवा लिएको तथा ३० जनाको कानको श्रवण परीक्षण गरिएको नाक कान घाँटी रोग विज्ञागको विशेषज्ञ चिकित्सक डा. सुमेध मिश्राले जानकारी दिए ।

सो क्रममा धेरैको नाक कान घाँटी सम्बन्धी र कानको श्रवण सम्बन्धी समस्याहरुले देखिएको छ । चिकित्सकहरुले कानको श्रवणमा समस्या देखिएकाहरुलाई आवश्यक परामर्शसहित कानको श्रवणको उपचार गर्न सल्लाह दिएका थिए ।

परीक्षणमा वयस्क महिला पुरुष, ज्येष्ठ नागरिक र बालबालिकाहरु पनि सहभागी थिए । चिकित्सकहरुले नेपालमा कानको श्रवण सम्बन्धी जस्तोसुकै समस्याको उपचार हुने, ज्येष्ठ नागरिकमा श्रवण सम्बन्धी समस्या आइपरेपछि देखिने शारिरीक र मानसिक अवस्थाका बारेमा सचेतना समेत दिएका थिए ।

विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष मार्च ३ लाई विश्व श्रवण दिवसका रुपमा मनाउने गरेको छ । नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सक डा. सुमेश मिश्राका अनुसार गर्भावस्थामै गर्भको शिशुको श्रवण शक्तिको परीक्षण गर्ने विधिहरु आइसकेको छ । पेटमा रहेको शिशुको श्रवण क्षमताको परीक्षण गरी शिशु जन्मिएको ६ महिनासम्ममा श्रवण समस्याको उपचार गर्न सकिने डा. मिश्राले बताए ।

‘गर्भावस्थामै धेरै यस्ता संक्रमणहरु छन् जो आमाबाट बच्चामा पास हुँदैगर्दा जन्मजात नै श्रवण सम्बन्धी समस्या हुने गरेको छ । त्यस्ता संक्रमणको रुटिन प्रोफाइलहरु हरेक प्रसुति तथा स्त्री रोग विशेषज्ञले गर्नुहुन्छ,’ उनी भन्छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ