२०८१ चैत्र १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यसातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो-२०२४ सुरु

सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो-२०२४ सुरु


काठमाडौं–सातौ नेपाल मेडिकल तथा ल्याब एक्सपो २०२४ काठमाडौंमा सुरु भएको छ । बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दैं गृहमन्त्री श्रेष्ठले नेपालमा अहिले मेडिकल उपकरणमा परनिर्भर रहेको बताउँदैं देशभित्रै मेडिकल उपकरण उत्पादन गर्न सकेमा सरकारले सहयोग गर्ने बताए । मेडिकल उपकरणहरुको प्रदर्शनी हुने सकारात्मक रहेको उल्लेख गर्दै उनले नयाँ प्रविधी र आवश्यकताले यस्ता प्रदर्शनीले जोड्ने विश्वास व्यक्त गरे ।

आगामी १९ फागुनसम्म संचालन हुने एक्स्पो एचडी मिडिया, इइपीसी भारत र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसन)को संयुक्त आयोजना रहेको छ।

एक्स्पोमा विभिन्न ६ देशका ३ सय स्टल रहेका छन् । एक्स्पोमा स्वास्थ्य उपचारका लागि आवश्यक नयाँ प्रविधी, आविष्कार र उत्पादनहरुको प्रदर्शनी भइरहेको छ ।

हेल्थ केयर, फर्मास्युटिकल्स तथा रिसर्च सेन्टरले प्रयोग गर्दै आइरहेका सामाग्रीहरुको प्रदर्शन भइरहेको आयोजक संस्था केमसनका अध्यक्ष भक्त हमाललेजानकारी दिए । गत वर्ष भएको छैटौं संस्करणपछि पाएको सकारात्मक प्रतिक्रियाले सातौं एक्स्पोका लागि सहयोग पुगेको उनले बताए ।

एसडी प्रोमो मिडिया प्रालिका परियोजना प्रमुख अनुरोध परासरले अघिल्ला संस्करणभन्दा यो संस्करण फरक हुने भन्दै विभिन्न मूल्यका नवीन उपकरण तथा सामाग्रीहरुको बारेमा देशभरका ग्राहकहरुको माग सम्बोधनका लागि प्रयास एक्स्पोमा गरिएको बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ