२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यवात्सल्य सातौं वर्षमा, झण्डै ३ हजार ५ सय निःसन्तान दम्पत्तीले पाए सन्तान सुख

वात्सल्य सातौं वर्षमा, झण्डै ३ हजार ५ सय निःसन्तान दम्पत्तीले पाए सन्तान सुख


काठमाडौं—वात्सल्य नेचुरल आईभीएफ सातौं वर्षमा प्रवेश गरेको छ । बुधबारदेखि नक्साल नारायणचौरमा रहेको वात्सल्य संचालनमा आएको सातौं वर्ष पुगेको हो ।

वात्यल्यले सात वर्षको अवधिमा झण्डै साढे पाँच हजारको आईभीएफ प्रणालीबाट उपचार गरेको वात्सल्यका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रशान्त सुवेदीले जानकारी दिए । ‘हामीले यो अवधिमा प्रजनन स्वास्थ्यमा समस्या भएर निःसन्तान रहेका झण्डै साढे पाँच हजारको आईभीएफ पद्धतिबाट उपचार गरेका छौं,’ सुवेदीले भने, ‘जसमध्ये झण्डै ६५ प्रतिशत सफलता दर छ ।’ यो विश्वव्यापी मापदण्ड (३०–४० प्रतिशत) भन्दा धेरै माथि भएको उनले बताए ।

सुवेदीअनुसार वात्सल्यबाट आईभीएफ पद्धतिमार्फत उपचार गरेका झण्डै ३ हजार ५ सय दम्पत्तिले सन्तान सुख प्राप्त गरेका छन् । ‘यो उच्च सफलता दर हो । सन्तान नभएकै कारण समस्यामा परेको यति ठूलो जनसंख्यालाई यो छोटो अवधिमै सन्तान प्राप्तिका लागि सहयोगी बन्न पाएकोमा हामी गौरवान्वित छौं,’ उनले थपे ।

प्रजनन उपचारमा अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले क्रमसः नवीन प्रविधी, जनशक्ति सेवा र सुविधाहरु थप्दैं लगेको छ । वात्सल्यले गत वर्षदेखि नेपालमै पहिलो पटक ओभरियन टिस्यु फ्रिजिङ सेवा पनि सुरु गरेको थियो भने दुई वर्षअघि हिस्टेरियो सालपिङ्गो कन्ट्रान्स (हाइकोजी), स्पर्म डिएनए फ्रेगमेन्टेसन इन्डेक्सजस्ता नवीन प्रविधी भित्र्याएको थियो ।

वात्सल्यले काठमाडौंमै बेला—बेलामा निःसन्तानका लागि निःशुल्क ओपीडी, अल्ट्रासाउण्ड, आईयुआई, टिभिएस जाँचजस्ता सेवाहरु प्रदान गर्दै आएको छ । काठमाडौं बाहिर पनि उसले लगातार प्रजनन स्वास्थ्य सम्बन्धि शिविरहरु संचालन गरिरहेको छ । वात्सल्यले नेपालगन्ज र भक्तपुरको गठ्ठाघरस्थित क्लिनिकबाट समेत आईभीएफ सेवा दिइरहेको छ ।

आईभीएफमार्फत् सन्तान प्राप्तिको सम्भावना उच्च रहेको भएपनि समाजमा प्रजनन स्वास्थ्य सम्बन्धि खुलेर कुरा गर्ने परिपाटी नभएको कारण मानिसहरु आधुनिक गर्भधारणका सम्भावना सम्बन्धि अनभिज्ञ रहेको वात्सल्यले जनाएको छ । त्यसका लागि उसले विभिन्न मिडिया, सामाजिक संजालमार्फत् निरन्तर रुपमा जानकारीमूलक सामाग्री राख्दै पस्कदैं आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ