२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यधुम्रपानको सेवनले हुन सक्ने ७ स्वास्थ्य समस्या

धुम्रपानको सेवनले हुन सक्ने ७ स्वास्थ्य समस्या


धुम्रपान स्वास्थ्यको लागि हानिकानरक छ । यसले फोक्सो, हृदयघात, प्रजनन र आँखाको समस्याजस्ता विभिन्न रोगहरु निम्त्याउँछ । आजको समयमा मृत्युको एक कारण धुम्रपान सेवन पनि हो ।

विभिन्न स्वास्थ्य समस्याबाट बच्न र शरीरलाई स्वस्थ बनाउन धुम्रपान त्याग्न जरुरी छ । धुम्रपान त्याग्नाले धेरै रोगहरु धेरै हदसम्म कम हुन्छन् । यसको सेवन निरन्तर गर्नुले धेरै रोगहरु लाग्न सक्छ ।

मुटुसँग सम्बन्धित रोगहरु
धुम्रपानले स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पु¥याइरहेको हुन्छ । मुटु सम्बन्धिको धेरै रोगहरुको कारण धुम्रपान हुन सक्छ । धुम्रपानले मुटु ड्यामेज हुन सक्छ । स्ट्रोक र हृदय रोगहरु बढ्न सक्छ ।

फोक्सोसँग सम्बन्धित रोगहरु
फोक्सोमा सानो हावाको थैली हुन्छ । धुम्रपानले यो थैलीलाई असर गर्न सक्छ । साथै वायु मार्गलाई पनि असर गर्न सक्छ । यसले अवस्थामा आक्रमण हुने र फोक्सो क्यान्सरको प्रमुख कारण पनि धुम्रपान नै रहेको छ ।

प्रजनन क्षमतामा समस्या
धुम्रपानले महिला र पुरुष दुवैको प्रजननमा क्षमतामा समस्या ल्याउँछ । यसले महिलाहरुमा गर्भ नरहने समस्या हुन सक्छ । पुरुषहरुको शुक्राणुको संख्यालाई असर गर्दछ ।

मुख स्वास्थ्यमा हानी
यसले दाँत र गिजालाई असर गर्छ । जस कारण दाँत झर्न पनि सक्छ । यसले मौखिक जीवनलाई असर गरिरहेको हुन्छ । जस्तैः गिजामा रोगहरु लाग्ने, दाँतमा समस्या देखिने, श्वास गन्हाउनेजस्ता समस्याहरु देखा पर्न थाल्छन् । यसले मुख स्वास्थ्यका लागि आवश्यक लाभ उत्पादनलाई रोक्छ ।

आँखामा समस्या
धुम्रपान सेवनले मोतिविन्दुको उच्च जोखिम हुन्छ । चुरोटको धुँवामा भएको विषादी केमिकलले आँखाको नानीको वरीपरीको भागलाई असर गर्छ । यसले आँखाको भिजनलाई बिगार्छ, जसले अन्धोपन हुन सक्छ ।

डायबिटिजको समस्या
धुम्रपानले डायबिटीजको समस्यालाई बढावा दिन्छ । चुरोटको धुवाले इन्सुलिन उत्पादनमा कमी ल्याउन सक्छ । पेटको बोसोमा पनि वृद्धि आउन सक्छ । कार्डियो भास्कुलरको जोखिम बढाउँछ । यसले टाइप–२ डायबिटीज पनि हुन सक्छ ।

पेटमा समस्या
पेटसँग सम्बन्धित समस्या पनि धुम्रपानले हुन सक्छ । यसले भिटामिन सी र ई जस्ता सुक्षम पोषण तत्वहरु अवशोषित गर्ने क्षमता घटाउँछ । जसको कमीले तुरुन्त शरीर कमजोर हुने र निराशा महसुस हुने हुन्छ ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ