२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकेन्द्रीय कारागार अस्पतालमा डेंगी रोकथाम सम्बन्धि अभिमुखीकरण

केन्द्रीय कारागार अस्पतालमा डेंगी रोकथाम सम्बन्धि अभिमुखीकरण


काठमाडौं—केन्द्रीय कारागार अस्पतालका सेवाग्राहीहरुमा ज्वरोका बिरामीहरु पछिल्लो साता बढ्न थालेपछि अस्पतालले केन्द्रीय सुधार गृह,भद्र सुधार गृह, महिला सुधार गृहका आन्तरिक प्रशासनका चौकिदार,नाइके,भाइ तथा सह—नाइके र नख्खु,डिल्लीबजार कारागारमा कार्यरत स्वास्थ्यकर्मी, अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष,अप्रत्यक्ष संलग्न सबैलाई डेंगु नियन्त्रण सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

केही समयदेखि देशभर डेंगुको संक्रमण १३ हजार माथि पुगेको अवस्था छ भने धरानले जनस्वास्थ्य आपतकाल घोषणाको माग गरिरहेको छ । यस्तो अवस्थामा सरोकारवाला सबै सक्रिय र सचेत रहनुपर्ने भएकाले रोग नियन्त्रण तथा रोकथाममा गम्भीर रुपले लाग्न मंगलबार केन्द्रीय कारागार अस्पातालको सभा हलमा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाश बुढाथोकी अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

हरेक सुधार गृहबाट १० जनाका दरले ४० जना र उपत्यकामा रहेका कारागार कार्यालयका स्वास्थ्यकर्मी, अस्पतालका विशेषज्ञ चिकित्सक, चिकित्सक,नर्सिङ,स्वास्थ्यकर्मी, कर्मचारीलगायत करिब १०० जनाको उपस्थितीमा उक्त डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो ।

महामारी तथा रोग नियन्त्रण महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालको प्रस्तुती, विश्व स्वास्थ्य संगठनका मेडिकल सर्भिलेन्स अफिसर डा. वन्दना पाण्डे र इन्टोमोलोजिष्ट शिशिर पन्तको थप सहजीकरण रहेको थियो ।

करिब ४५ मिनेटको प्रशिक्षणपश्चात ३० मिनेट चलेको अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुलाई प्रमुख मे.सु. डा. बुढाथोकी, ईडिसिडीका डा. दाहाल, विश्व स्वास्थ्य संगठन नेपालका डा. पाण्डे, डा. पन्तले समाधान गरेका थिए । कार्यक्रमपश्चात इडिसिडीका तर्फबाट अस्पतालका प्रमुख डा. बुढाथोकीलाई डेगी निदानका लागी किट हस्तान्तरण गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ