२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यव्यायमको कमीले हुन सक्ने पाँच स्वास्थ्य समस्या

व्यायमको कमीले हुन सक्ने पाँच स्वास्थ्य समस्या


शारीरिक व्यायमको कमीले मोटोपन साथै अन्य धेरै रोगहरु निम्त्याउन सक्छ । जोर्नी दुख्ने, तनाव, मधुमेह र मुटु सम्बन्धि समस्याको सबै भन्दा ठूलो कारण शारीरिक व्यायम नगर्नु हो ।

शारीरिक व्यायमको शिकार भएमा धेरै रोगहरुको सिकार बन्न सकिन्छ । आफ्नो अंगहरुलाई राम्रोसँग परिचालन गर्न शारीरिक व्यायममा सक्रिय हुनुपर्छ ।

शारीरिक व्यायम हिड्ने वा दौडने जुनसुकै प्रकारको हुन सक्छ । आफ्नो दिचार्यमा दैनिक १५ मिनेटको समय शारीरिक व्यायमको लागि छुट्याउनुहोस् । जसले शरीरलाई स्वस्थ, बलियो, रोगहरुबाट टाढा राख्छ । शारीरिक अभ्यासले हुन सक्ने रोगहरुको चर्चा तल गरिएको छ ।

थकान महसुस
जसले दिनभरी कुनै पनि शारीरिक व्यायमको अभ्यास गर्दैनन् र उनीहरु सधैं थकित महसुस गर्छन् । सानो तिनो काममा पनि उनीहरुमा सक्रिय शक्ति कम हुन्छ ।

कब्जियत
दिनभरी कुनै प्रकारको मुभमेन्ट नगर्दा कब्जियतको शिकार हुने सम्भावना धेरै हुन्छ । खाना खाएपछि हिँड्नु पनि स्वास्थको लागि राम्रो हुन्छ । यसले आन्द्राको चाल ठिक रहन्छ । ग्यास, एसिडीटी र कब्जियत जस्तो समस्या पनि टाढा रहन्छ ।

डिप्रेसन
कम शारीरिक गतिविधीले हाम्रो दिमागमा पनि धेरै असर गरिरहेको हुन्छ । यसले चिन्ता र डिप्रेसनको भावना बढाउँछ । हिड्नु, दौडिनु र पौडिनुजस्ता गतिविधिले मुडलाई राम्रो र तनावलाई राम्रो राख्दछ ।

जोर्नी कडा हुने
जोर्नीमा दुखाई र हिड्न गाह्रो र अटोइम्युनजस्ता रोगहरु जोर्नी सुनिन सक्ने रोगहरुको संकेत हुन सक्छ । यदि तपाईं कुनै पनि व्यायामहरु गर्नु हुन्न भने यसले पनि जोड्ने कडा हुन सक्दछ ।

श्वास फेर्न गाह्रो हुने
कम हिड्दा पनि श्वास फेर्न गारो हुन्छ भने यो संकेत शारीरिक व्यायामको कमी हुनु हो । दैनिक व्यायाम नगर्दा मांशपेशीले श्वास फोक्सोभित्र लैजाने र बाहिर निकाल्ने गर्छ । यसको क्षमतामा कमी आउँछ ।

-एजेन्सीको सहयोग


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ