२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यफोक्सोको क्यान्सर हुने ४ कारणहरू

फोक्सोको क्यान्सर हुने ४ कारणहरू


फोक्सो शरीरको महत्वपूर्ण भाग हो । यसमा भएको अलिकति मात्र खराबीले पनि शरीरले शुद्ध अक्सिजन लिन गाह्रो हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार २५ प्रतिशत बिरामीको मृत्यु फोक्सो क्यान्सरबाट हुने गरेको पाइएको छ ।

मानिसहरुलाई फोक्सोको क्यान्सरको बारेमा भन्न र यसको खतराको बारेमा जागरुक गर्ने उद्देश्यले हरेक वर्ष १ अगस्टको दिन विश्व फोक्सो क्यान्सर दिवस मनाइन्छ ।

फोक्सो क्यान्सरको सबैभन्दा ठूलो कारण धुम्रपान मानिन्छ । तर, यो बाहेक अरु पनि धेरै कारणहरु छन् । जस कारण फोक्सो ड्यामेज हुन सक्छ । जसको चर्चा तल गरिएको छ ।

रसायनहरु
रसायन भएको हावामा श्वास फेर्दा पनि फोक्सो क्यान्सर हुने सम्भावना धेरै हुन्छ । रसायनले अप्रत्यक्ष रुपमा शरीरमा असर गरिरहेको हुन्छ ।

ज्यादा नुनको सेवन
खामामा धेरै नुन खाने बानी छ भने आजैबाट बानी परिवर्तन गर्नुहोस् । धेरै नुनको सेवनले ब्लड प्रेसर हुन सक्छ । यसको बानीले फोक्सोमा समस्या हुन सक्छ ।

प्रदूषण
वायु प्रदुषण फोक्सो ड्यामेज हुने सबैभन्दा ठूलो कारणहरुमध्ये एक हो । यसबाट बच्चा, वृद्धा र युवा सबैलाई असर गर्छ । प्रदूषणको कारण श्वासनलीमा जलन पनि हुन सक्छ ।

प्रशोधित खानाहरु
प्रशोधित खानाले मोटोपन, मुटुसँगको समस्या र मधुमेहको जोखिम बढ्दै जाने हुन्छ । यसले फोक्सोलाई पनि क्षति पु¥याउँछ । विशेषगरी प्रशोधित मासुले धेरै असर गर्ने हुन्छ । किनकी यसमा नाइटे« हुन्छ । जुन खाद्य उत्पादनको रंग बनाउन प्रयोग गरिन्छ ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ