२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यआँखाको स्वास्थ्य राम्रो बनाउने ४ फलफूलहरू

आँखाको स्वास्थ्य राम्रो बनाउने ४ फलफूलहरू


आँखासँग सम्बन्धित कुनै पनि समस्यालाई बेवास्ता गर्दा दृष्टिमा कमी आउन सक्छ । आँखा धेरै संवेदनशील अंग हो । जसलाई बढी हेरचाह चाहिन्छ । लामो समयसम्म राम्ररी काम गरिराख्नका लागि धेरै भिटामिन र पोषक तत्वहरू चाहिन्छ । आजकल मानिसहरु ल्यापटप र मोबाइल धेरै प्रयोग गर्छन् । यसले आँखामा अतिरिक्त दबाब पनि दिन्छ, सुख्खापन बढ्छ ।

बालबालिकालाई पनि सानै उमेरमा आँखासँग सम्बन्धित समस्याले सताउन थालेको छ । आँखालाई स्वस्थ राख्न खानपानमा ध्यान दिनु जरुरी हुन्छ । भिटामिन ए, सी र ई आँखाको स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छन् । आँखालाई लामो समयसम्म स्वस्थ राख्न यी फलफूललाई आफ्नो आहारमा समावेस गर्नुहोस् ।

१. आरु
आरुको सेवन आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा बिटा क्यारोटिन पाइन्छ । यो आरुमा फाइबर, भिटामिन सी, जिंक, कपरजस्ता पोषकतत्वहरू पनि पाइन्छ । जुन आँखाको रेटिनाका लागि राम्रो हुन्छ ।

२. मेवा
मेवा धेरै मिनरल्स, एन्टीअक्सिडेन्ट र इन्जाइमको खजाना हो । जसले आँखा सम्बन्धी धेरै समस्यालाई टाढा राख्छ । यो खाँदा आँखाको ज्योति बढ्छ । बुढेसकालमा पनि स्वस्थ रहन्छ ।

३. आँप
आँपमा भिटामिन ए र भिटामिन ई पाइन्छ । भिटामिन ए ले आँखाको सतहमा संक्रमण र ब्याक्टेरिया हटाउन काम गर्दछ । भिटामिन ई ले आँखाको ज्योति बढाउँछ । भिटामिन ई एक एन्टीअक्सिडेन्ट पनि हो । जसले आँखालाई फ्री रेडिकलबाट हुने क्षतिबाट बचाउँछ । भिटामिन ए को कमीले आँखा सुख्खा हुने र धमिलो हुन सक्छ ।

४. गाजर
गाजर भिटामिन ए र बिटा क्यारोटिनको उत्कृष्ट स्रोत हो । जुन आँखाको ज्योति बढाउन आवश्यक हुन्छ । यसका अलावा गाजरमा बिटा क्यारोटिन, फाइबर, भिटामिन के१, पोटासियम र एन्टिअक्सिडेन्ट पनि प्रशस्त मात्रामा पाइन्छ । जुन आँखालाई स्वस्थ राख्न आवश्यक हुन्छ । यसले अक्सिडेटिभ तनावबाट हुने क्षतिबाट पनि आँखालाई बचाउँछ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ