२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यतौल घटाउने ६ सजिला उपाय

तौल घटाउने ६ सजिला उपाय


अनियमित दिनचर्या र खराब खानपानका कारण मोटोपनाले मानिसको स्वास्थ्यलाई असर गरिरहेको छ । हरेक उमेर समूहका मानिस मोटोपनासँग लडिरहेका छन् । यसका कारण धेरै रोग लाग्ने सम्भावना पनि बढेको छ । फिट शरीरका साथ नियन्त्रित तौल कायम राख्नु सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ ।

तौल घटाउन सबै प्रकारका उपायहरू गरेर थकित भए पनि केहि फरक नदेखिएको हुन सक्छ । तर, केही यस्ता तरिकाहरु पनि छन् । जसले एक हप्ताभित्र परिणाम दिन्छ । यी सबै उपचारहरू पूर्णतयाः प्राकृतिक छन् ।

१. मिठाइ पूर्ण रूपमा बन्द
मिठाइमा चिनी अत्याधिक हुन्छ । चिनीबाट बनेको परिकार बिस्कुट, चकलेट र मिठाइबाट टाढा रहनुहोस् ।

२. मैदाबाट टाढा रहनुहोस्
सात दिनसम्म मैदा वा मैदाबाट बनेको परिकारबाट टाढा रहनुहोस् । अर्थात् नान, रोटी, समोसा, बिस्कुट, भटुरा, पास्ता, पिज्जाजस्ता खानेकुराहरु नखानुहोस् ।

३. नरम र कडा पेय पदार्थ
यी सात दिनलाई तपस्याको रूपमा लिनुहोस् र कुनै पनि प्रकारको सफ्ट वा हार्ड ड्रिंक्स नलिनुहोस् । यस अवधिमा सात दिनको च्यालेन्ज लिएर त्यसलाई पूरा गर्नुहोस् ।

४. फ्राइड र जंक फुड
यस चुनौतीको समयमा कुनै पनि प्रकारको भुटेको र जंक फुडको सेवन नगर्नुहोस् । जंक फुड पुरी, पराठा, प्याकेज गरिएको खानालगायत बजारबाट आउने चिजहरु पर्दछन् ।

५. हिड्ने
यस अवधिमा दैनिक कम्तीमा २००० पाइला हिड्नुहोस् । यस अवधिमा तपाईंले एक दिनको लागि पनि यो गतिविधि छोड्नु हुँदैन् ।

६. दैनिक योग अभ्यास
यी सात दिनमा दैनिक योग अभ्यास गर्नुहोस् । यदि तपाईलाई योगासनको बारेमा थाहा छैन भने तपाईले अनलाइन भिडियोहरूमा पनि हेर्न सक्नुहुन्छ ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ